Saturday, September 8, 2012

त्यो लालेले एमआरपी तोकेर हुन्छ ?

काठमाडौ –खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले एउटा जुक्ति जुरायो । अतिआवश्यकीय वस्तुको अधिकतम मूल्य(एमआरपी) तोक्ने । वाणिज्य तथा आपूर्ति मन्त्रालयले अतिआवश्यकीय वस्तुको मूल्य पनि तोक्यो । यसले मूल्य घट्ने नघट्ने थाहा छैन । तर यो अधिकतम मूल्य तोक्ने निर्णयले सबैभन्दा ठूलो टाउको दुखाई उद्योगमन्त्री अनिलकुमार झालाई भएको रहेछ । उनले अधिकतम मूल्यवृद्धि गरेर मूल्य नघट्ने भन्दै वाणिज्य सचिव लालमणी जोशीको आलोचना गरिरहेका छन् । उनले व्यवसायीसँगको भेटमा ‘त्यो लाले’ एमआरपी तोकेर हुन्छ भनेर पठाउने गरेका छन् ।
उद्योगमन्त्री झालाई अधिकतम मूल्य तोक्ने निर्णयले किन टाउको दुख्यो त ? उनी उद्योगमन्त्री हुन् । उनले औद्योगिक क्षेत्रको प्रवद्र्धनकै कुरा गर्छन् । यो प्रवद्र्धनबाट मुलुकलाई फाइदा कति भएको छ थाहा छैन तर उनको प्रवद्र्धन राम्रै भएको छ । होइन भने उनले जनताले महँगो मूल्य तिर्नुपरेको बारेमा बोल्नुपर्ने हो ? उनलाई जनताको भन्दा औद्योगिक क्षेत्र र उद्योगीहरुको चिन्ता हुनुमा यही कारण हो भन्दा फरक नपर्ला । जनताको मात्रै किन टाउको दुखाउनु ? जनताको दुःखका कुरा गरेर के फाइदा हुन्छ ? मन्त्री ज्यूलाई न जनताले ‘पैसा’ दिनसक्छन् । त्यसैले उद्योगमन्त्रीले उद्योगीको पक्ष लिएका हुनसक्छन् ?

No comments:

Post a Comment