Sunday, September 2, 2012

को को छन् कमोडिटीमा सधै कारोबार गर्ने ?

विगत पाँच वर्षमा फष्टाएको कमोडिटी एक्सचेन्जको अवैध कारोबारका पर्दा अहिले आएर खुल्न थालेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता सुरु गरेका सबै कमोडिटी एक्सचेन्जले आफुले मनग्गे कमाउने तर लगानीकर्ताले गुमाउने मात्रै भए ।
अझ एक्सचेन्जले डलरको कारोबार गर्नेदेखि यहाँबाट पुँजी पलायनसम्म गरेको देखिएपछि यसको औचित्य माथि प्रश्न सुरु भइरहेका छन् । नियमन निकायको अभावमा कमोडिटी एक्सचेन्ज स्वनियमनमा बस्नुपर्ने थियो तर उनीहरुले एक्सचेन्जले युनिटीजस्तै कारोबार गर्न लागे । यसरी गरेको कारोबारले कमोडिटीलाई हेर्ने दृष्ट्रिकोण नकारात्मक हुँदैै गएको छ । विगत ५ वर्षको अवधिमा हाल ६ वटा कमोडिटिज डेरिभेटिभ एक्सचेन्जहरू सञ्चालनमा रहेका छन् भने ती मध्ये ४ वटाले फ्युचर्स कारोवार तथा २ वटाले स्पट कारोवारको सेवा दिइरहेका छन् ।
 कमोडिटिज एण्ड मेटल एक्सचेन्ज नेपाल (कोमेन), मर्कन्टाइल एक्सचेन्ज लिमिटेड (मेक्स नेपाल), नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेड (एन्डेक्स) र कमोडिटिज फ्युचर्स एक्सचेन्ज लिमिटेड (सिएफएक्स)ले फ्युचर्स करारहरूको कारोवार गराइरहेका छन् भने नेपाल स्पट एक्सचेन्ज लिमिटेड (एनएसइ) र वेल्थ एक्सचेन्ज प्राइभेट लिमिटेड (वेक्स)ले स्पट कारोवार गराइरहेका छन् । यो एक्सचेन्जमा पाँच लाख भन्दा बढीको कारोबार गर्ने व्यक्तिको नाम धितोपत्र बोर्डले गरेको अध्ययनबाट वाहिर आएको छ ।
नेपालको कमोडिटिज डेरिभेटिभ बजारमा विभिन्न एक्सचेन्जहरू मार्फत् एकैपटकमा पाँच लाख रूपैंयाभन्दा माथिको पटक पटक कारोवार गर्ने गरेका केही लगानीकर्ताहरूको नामावली यस्ता छन् । आन्तरिक राजस्व विभागबाट प्राप्त गरिएको छ ।
१ रामकिशोर शर्मा
२. डा. रबिन जोशी
३. डा. निरा जोशी
४. राजु तिवारी
५. राजेन्द्रराज पाण्डे
६. आकाश अधिकारी
७. नुप्पु लामा भोट
८. प्रकाश डंगोल
९. भरत तिम्सिना
१०. फुर्पा शेर्पा
११. सुयोग कर्माचार्य
१२ नरेश थापा
१३.चण्डिका देवी प्रधानांग
 १४. झम्क बहादुर खड्का
१५. तिलक उपाध्याय
१६. शुकदेव शर्मा
१७. शेख मोहम्मद फहद
१८. डा. उषा श्रेष्ठ खाँड
१९. रश्मि पोखरेल
२०. राजाराम जोशी
२१. रमेश प्रसाद मैनाली
२२. पवन कुमारी अर्याल
२३. सागर कुमार भट्टराई
२४. भीमा महर्जन
२५. सिर्जना बराल २
२६. डा. गुँरास बस्न्यात

No comments:

Post a Comment