Thursday, April 4, 2013

यस्ता पनि व्यवसायी........।

सरकारले आयल निगमको एकाधिकार अन्त्य गर्दै पेट्रोलियम कारोबार निजी क्षेत्रलाई खुला गरेको विरोधमा व्यवसायी विरोधमा उत्रिएका छन् ।  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले सरकारी निर्णय खारेज नभए चैत २५ देखि सबै कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारले ‘पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश’ जारी गरेपछि निगमको ४३ वर्षको एकाधिकार सकिएको घोषणा भयो । तर, वर्षौंदेखि पेट्रोलियम कारोबारमा संलग्न निजी क्षेत्र स्वागत गर्नुको सट्टा उल्टै सरकारी निर्णयविरुद्ध उत्रिनु हास्यास्पद हो । पेट्रोलियम कारोबारमा निजी क्षेत्र सहभागी हुुँदा उपभोक्तामात्र होइन स्वयं उनीहरूलाई पनि फाइदा हुन्छ । निजी क्षेत्रलाई खुला गर्नासाथ आन्तरिकमात्र नभई बहुराष्ट्रिय कम्पनीहरू रिलायन्स, एसारलगायतले तेल बिक्री गर्न सक्छन् । यी कम्पनी वर्षौंदेखि नेपाली बजार कुरेर बसेका छन् । नेपाली व्यवसायीलाई पनि राम्रा कम्पनीका आधिकारिक डिलर भएर कारोबार गर्न पाउने अवसर प्राप्त हुन्छ । यसले उनीहरूमा प्रतिस्पर्धात्मक क्षमता विस्तार भएर नाफा कमाउने अवसर जुट्छ ।

Monday, March 4, 2013

आज कहाँ पाइन्छ तेल ?

काठमाडौं– उपत्यकाको तेल हाहाकार हटाउन नेपाल आयल निगमले साझा र सुरक्षा निकायका पेट्रोल पम्पलाई तेल दिएको छ । निगमको थानकोट डिपोबाट साझा, नेसनल ट्रेडिङ, सेना र प्रहरीलाई तेल दिएको हो । सेना र प्रहरीको आफ्नै ट्यांकरबाट तेल ढुवानी गरेका हुन् भने साझा र नेसनल ट्रेडिङलाई भने निगमसँग रहेको डिस्पेन्सरसहितको तीन वटा ट्यांकरले तेल दिएको हो ।

आयल निगम र व्यवसायीको मिलोमतोमा आन्दोलन

काठमाडौं– राजनीतिक संक्रमणको फाइदा उठाउँदै पेट्रोलियम व्यवसायीले कमिसन बढाउन तेल बिक्री ठप्प पार्ने धम्की दिएका छन् । उनीहरूको संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गरी यस्तो धम्की दिएको हो ।‘सरकारले हाम्रो माग सम्बोधन गरेन । त्यसैले तेल बिक्री रोक्ने निर्णय गरेका हौं,’ एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, ‘विगतमै कमिसन बढाउन माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका थियौं, तर माग पूरा नभएपछि आन्दोलनमा उत्रिन वाध्य भयौं ।’ उनले हडतालका कार्यक्रम भने तय नभएको बताए । एसोसिएसनले आइतबार आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन नभए तेल बिक्री ठप्प पार्ने चेतावनी दिएको हो ।

Saturday, March 2, 2013

कुखुराको मासुको मूल्य अब बढ्दैन

काठमाडौं –अहिलेसम्मकै महँगो भएको ब्रोइलर कुखुराको मासुको भाउ नबढ्ने भएको छ । गर्मी सुरु भएसँगै कुखुरा उत्पादनसमेत बढ्न थालेकाले मूल्य नबढ्ने व्यवसायीले बताएका छन् । अहिले उपत्यकामा कुखुराको मूल्य ३ सय १५ रुपैयाँ किलो छ । किसानले जिउँदो कुखुराको २ सय २० रुपैयाँ पाउँछन् भने उपभोक्ताले किन्दा २ सय ३० रुपैयाँ पर्छ ।  ‘ब्रोइलर कुखुराको मूल्य अब योभन्दा माथि जाँदैन । बरु आठ÷ दस दिनमा यसको मासुको मूल्य घट्न थाल्छ,’ नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष एंव आशापुरी ह्याचरीका सञ्चालक नारायणहरि खत्रीले भने, ‘जाडोमा कुखुराको उत्पादन कम भएकाले मूल्य बढेको हो ।’ उनका अनुसार यसपालि जाडो बढी भएकाले धेरै किसानले कुखुरा नै कम पालेका थिए ।

भारतले दिन थाल्यो तेल

आयल निगमले बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)ले तेल कटौती गर्न छाडेको छ। आइओसीले पूर्ववत रुपमा तेल दिन थालेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले झन्डै डेढ अर्ब रुपैयाँ उधारो पुगेपछि चार दिनअघिदेखि नेपालमा पेट्रोलियम पदार्थ कटौती गरेको थियो।  'आइओसीले पूर्ववत रुपमा तेल आपूर्ति गर्न थालेको छ। हामीले बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएपछि पूर्ववत रुपमा तेल दिन थालेको हो,' निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भने, 'उपभोक्ता आतिर्नुपर्दैन।

Tuesday, February 26, 2013

भारतले किन काट्यो तेल ?

इन्डियन आयल कर्पोरेसन(आइओसी)ले झन्डै डेढ अर्ब रुपैयाँ उधारो पुगेपछि नेपालमा पेट्रोलियम पदार्थ कटौती गरेको छ। पछिल्लो केही महिनादेखिको रकम खापिएर डेढ अर्ब पुगेपछि आइओसीले सोमबारदेखि सबै पेट्रोलियम पदार्थ २५ प्रतिशत कटौती गरेको हो। स्रोतका अनुसार अहिलेको पेट्रोलियम कटौती 'रणनीतिक' मात्रै हो।'निगमले विगतमा मूल्य बढाउन आइओसीलाई नै पेट्रोलियम पदार्थ कटौती गर्न आग्रह गर्थ्यो। अहिले पनि ग्यासको दोहोरो मूल्य बढाएर सरकारले फिर्ता गरेको छ,' स्रोतले भन्यो, 'यो रणनीतिक रुपमा दबाबका लागि यस्तो गरिएको हुनसक्छ।' विगतमा पटक/पटक पेट्रोलियम पदार्थको अभाव सिर्जना गराएर उपभोक्तालाई मानसिक रुपमा तेलको मूल्य बढाउन तयार गराउने परिस्थिति सिर्जना गराइएको थियो।

Monday, February 25, 2013

मान्जा द क्लब र स्कोडा यापिड कुन किन्ने ?


काठमाडौं– सिप्रदी ट्रेडिङ र स्कोडाको आधिकारिक वितरक (मोरङ अटो वक्स) एमएडब्लु इन्टरप्राइजेजले एकैदिन सेडान क्लासको कार बजारमा ल्याएका छन् । सिप्रदीले टाटाको मान्जा द क्लब क्लास सेडान कार र एमएडब्लुले स्कोडाको डिजेल भर्सनको ¥यापिड गाडी ल्याएको छ । टाटा मान्जा भन्दा यापिडको मूल्य भने महँगो छ । एकै पटक ल्याइएको दुवै कारले बजारमा कसरी आफ्नो प्रभुत्व देखाउने हो हेर्न बाँकीनै छ । मान्जा द क्लब क्लास सेडान कार युवापुस्तालाई लक्ष्य गरेर निर्माण गरिएको हो । कम्पनीका अनुसार नयाँ जमानाका व्यक्तिहरुका लागि डिजाइन गरिएको यो कार आकर्षक स्टाइलमा मानिस र मेसिनवीचको सर्वश्रेष्ठ अन्तत्र्रिmया र गुणस्तरीय क्लास क्याबिन स्पेसको संयोग हो । नयाँ र आकर्षकखालका इन्टेरियर र आधुनिक प्रविधिले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ । टाटा मोटर्सका लागि नेपाल र भुटानका आवासीय प्रबन्धक गुरिन्दर सिंहका अनुसार कार फुल अटोमेटिक एयर कन्डिसन, फस्र्ट इन क्यास टच स्क्रिन, मल्टी मिडिया प्लेयर र जिपिएस नेभिगेसन सिस्टम छ ।