Wednesday, September 5, 2012

मुख्यसचिवको गर्जनले सुध्रेला त टेलिकम ?

काठमाडौं –नेपाल टेलिकमको सेवाले सबैलाई रुवाएको छ । फोन ग¥र्यो एकैछिनमा हावाहुरी आए जस्तो हुने र काट्नुपर्ने बाध्यता । पहिला यसलाई दुरसञ्चार भनिन्थ्यो अहिले सरकारको सेयर स्वामित्व सर्वसाधारणमा ल्याएपछि टेलिकम भनिन थालियो ।तर सेवामा भने कुनै सुधार आएको छैन । टेलिकमको मोबाइलको गुणस्तर सुधारका लागि धेरै पटक निर्देशनहरु पनि गएका छन् । तर टेलिकमको गुणस्तर जस्ताको तस्तै छ ।

 यसले आम जनतालाई मात्रै होइन प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि सताएको रहेछ । प्रधानमन्त्रीलाई सताएको कुरा मुख्यसचिव लीलामणि पौडेलले सञ्चारमन्त्रालय भ्रमण गर्ने क्रममा पोख्न भ्याए र टेलिकमका प्रमुखलाई झटारो पनि हान्न भ्याए ।



 मोबाइल सुधारका लागि टेलिकमका प्रवन्ध निर्देशकलाई एनसेल मोबाइल उपहार दिने । एनसेल मोबाइल उपहार दिएपछि गुणस्तरमा सुधार आउने मुख्यसचिवको अपेक्षा होला । तर हाम्रो समाजमा नैतिक रुपमा सजाय गरेर गुणस्तरमा सुधार आउँछ भन्ने कल्पना गर्नु व्यर्थ हुनेछ । टेलिकमका उच्चतहका कर्मचारी नसियत नदिई मोबाइलको गुणस्तरमा सुधार आउन सक्दैन । नभए भर्खरै आएको एनसेलले सेवा र गुणस्तरमा जित्न सक्ने थिएन । अर्को भनेको आक्रमक रणनीतिक योजना समेत ल्याउनुपर्छ । दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा समेत टेलिकमको जिएसएम मोबाइलको निम्ति तोकिएको मापदण्ड पूरा नभएको प्रतिवेदन सार्वजनिक गरिएको छ । गत पुसमा प्राधिकरणले सार्वजनिक गरिएको प्रतिवेदनअनुसार एनसेलको भन्दा टेलिकमको मोबाइलको गुणस्तर कमजोर देखिएको थियो
। टेलिकमले जतिसुकै प्रयास गरे पनि समस्या समाधान गर्न सकेको छैन । चिनियाँ कम्पनीकै उपकरण प्रयोग गरे पनि तुलनात्मक रुपमा एनसेलको मोबाइलमा समस्या कम देखिएको प्राधिकरणको प्रतिवेदनले देखाएको छ । प्राधिकरणले राजधानी लगायत देशका पाँचवटै विकास क्षेत्रका सदरमुकाममा मोबाइलको गुणस्तर मापन गरेको थियो । 
प्राधिकरणको मापदण्डअनुसार ग्राहकले नम्बर डायल गरिसकेपछि १५ सेकेन्डभित्र सम्पर्क गर्न खोजेको नम्बरमा घन्टी बजिसक्नुपर्छ । त्यस्तै ९० प्रतिशत कल सफल हुनुपर्ने, कलड्रप तीन प्रतिशतभन्दा कम हुनुपर्ने मापदण्ड छ । टेलिकमका ग्राहक अहिले ७७ लाख छन् । पछिआएको एनसेलले टेलिकमका ग्राहकलाई उछिनिसकेको छ । एनसेलका ग्राहक ८१ लाख पुगिसके ।  टेलिकम झन्डै ९३ प्रतिशत सरकारको स्वामित्व भएको कम्पनी हो । बाँकी सात प्रतिशत सेयर नेपाली नागरिककै छ । निजी कम्पनीहरु टेलिकमभन्दा आक्रामक रुपमा अघि बढेका छन् । खरिद प्रकृया छिटो हुने भएकाले निजी कम्पनीहरु टेलिकमलाई पछि पार्दै अघि बढेका हुन् । टेलिकमको खरिद प्रक्रिया ढिलासुस्ती, निर्णयमा समस्याले गर्दा पछि पर्दै गएको छ ।


No comments:

Post a Comment