Monday, September 3, 2012

विवादको घेरामा तानिदै खेतान

राजेन्द्र खेतान
काठमाडौ,  भदौ १८–खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतानले दुई वर्षअघि गोर्खा बुअ्ररी बिक्री गरेपछि भनेका थिए ‘अब हामी सेवामूलक क्षेत्रमा लगानी गर्छौ ।’ अस्पताल, वैक तथा वित्तिय संस्थामा हामी केन्द्रित हुनेछौ ।’ उनले दुई वर्षअघि गरेको घोषणा अनुसार अहिलेसम्म कुनै परियोजना अघि बढ्न सकेको छैन ।

 बरु खेतान समूहका धेरै विवादास्पद विषय वाहिर आएका छन् । उनी अध्यक्ष रहेको एभरेस्ट इन्स्योरेन्सलाई अग्नि विमा कारोबारमा रोक्का गरिसकेको छ । उनको इन्स्योरेन्सलाई कारोबारमा रोक्का लगाउनुमा आफ्नै कम्पनी मायोजमा आगलागी भएपछि चार करोड रुपैयाँको दावी भुक्तानी दिनुनै हो । विमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै मायोज चाउचाउ उत्पादक हिमालयन स्न्याक्सलाई चार करोड रुपैयाँ दिइएको थियो । यो कम्पनीलाई चाडै विमा भूक्तानी दिएर अनियमितताको आरोप लागिसकेको छ । सर्भेयरको प्रतिवेदन अघिनै रकम भुक्तानी गर्न नमिल्ने प्रावधान छ । त्यो प्रावधानलाई मिच्नु भनेको अनियमिततानै भएको विमा समितिका अधिकारीहरुको भनाई छ ।
हिमालयन स्न्याक्सले २०६८ असार २७ मा आगलागीबाट भएको क्षतिको भुक्तानीका लागि कम्पनीमा दाबी दर्ता गराएको थियोे । २०६७ माघ ११ मा एभरेस्टले हिमालयन स्न्याक्सको अग्नि बिमा लेख जारी गरेको थियो । समितिले गत जेठ २ देखि २५ सम्म गरेको स्थलगत निरीक्षणक्रममा हिमालयन स्न्याक्सले दाबी गरेकै दिन इन्स्योरेन्स कम्पनीले टिसा इन्जिनियरिङलाई क्षतिको मूल्यांकन गर्न सर्वेयर नियुक्त गरेको भेटेको थियो । सर्वेयर नियुक्त भएकै भोलिपल्ट १ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक प्रतिवेदन दिएको थियो । नेपालको सर्वेयरले प्रतिवेदन दिएकै दिन २०६८ असार २९ मा पुनर्बिमा कम्पनीलाई क्षति मूल्यांकनका लागि सर्वेयर घटाइ दिन पत्रचार गरेको थियो ।
पुनर्बिमा कम्पनीले नयाँदिल्लीको आदर्श एसोसिएटलाई सर्वेयर बनाएर खटाएको थियो । भारतीय सर्वेयरले २०६८ साउन १४ मा प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । तर, कम्पनीले भारतीय सर्वेयरले अन्तिम प्रतिवेदन बुझाउनु तीन दिनअघि हिमालयन स्न्याक्सलाई २ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।
सर्वेयरले प्रारम्भिक प्रतिवेदन बुझाएपछि कम्पनीले साउन २३ मा १ करोड र भदौ १ मा  अर्को १ करोड रुपैयाँ हिमालयन स्न्याक्सलाई भुक्तानी दिएको निरीक्षणमा भेटिएको थियो । अहिले यही कम्पनीको रुची चाउचाउ विराटनगरमा कम तौलको फेला परेको छ । रुची चाउचाउलाई विराटनगरमा बिक्रीमा रोक लगाइएको छ । सेवामूलक व्यापारमा सहभागी हुने चाहना भन्दा विवादको घेरामा उनलाई तानिरहेको छ । यसले उनको छविलाई प्रभाव त पारेकै छ । लगानीलाई पनि असर पार्ला की नपार्ला हेर्न बाँकी छ ।

No comments:

Post a Comment