Sunday, September 16, 2012

विमा समितिको अगाडी झुक्यो एभरेष्ट सञ्चालक, कम्पनी बन्द नगरेको स्पष्टोक्ती

काठमाडौ –गलत र गैरकानुनी काम गरेको एभरेष्ट इन्स्योरेन्सका सञ्चालकहरु नियामक निकाय अगाडी झुक्न बाध्य भएका छन् । एक साताअघि विमा समितिलाई धम्क्याउन कम्पनी बन्द गरेको धमास दिने एभरेष्ट इन्स्योरेन्सका सञ्चालकहरुले कम्पनी बन्द नगरेको स्पष्टीकरण समितिलाई पठाएका छन् । सर्वसाधारणको कम्पनी नौ जना सञ्चालकको सनकको भरमा बन्द गरेको सार्वजनिक रुपमा जानकारी गराएपनि समितिले कम्पनी लिने थाहा पाएपछि झुक्न बाध्य भएका हुन् । समितिले दिएको निर्देशन अनुसार दावी भुक्तानी घटाउन मात्रै नयाँ विमालेख जारी नगरेको औपचारिक जानकारी गराएको छ । सर्वसाधरणको लगानी भएको कम्पनीलाई बन्द गराउने हठातपूर्ण निर्णय गरेका राजेन्द्र खेतान लगायतका आठ सञ्चालक कानुनलाई मान्न बाध्य भएका छन् ।
आफुनै अध्यक्ष भएको कम्पनीले आफै सञ्चालक भएको हिमालयन स्न्याक्स(मायोज चाउचाउ उत्पादन गर्ने कम्पनी)लाई सर्वेयरको प्रतिवेदन आउनु पूर्वनै चार करोड रुपैयाँ दिएका थिए । सर्वेयरको प्रतिवेदन आउनुपूर्वनै चार करोड भुक्तानी दिने निर्णय गैरकानुनी थियो । यो गैरकानुनी निर्णयको विरुद्धमा समितिले खेतान र महाप्रवन्धक केवलकृष्ण श्रेष्ठलाई कारवाही गरेको थियो । समितिले गरेको यो निर्णयले पूर्व सभासद् एंव खेतान ग्रुपका अध्यक्ष राजेन्द्रको अनियमितता वाहिर आएको थियो । कुनै पनि वित्तिय अनुशासन भएको व्यक्तिले आफ्नै कम्पनीलाई सर्वेयरको प्रतिवेदन आउनुपूर्व नै रकम भुक्तानी गर्दैन् । यो सरासर वित्तिय कुशासनको चरम रुप थियो । आम जनताको लगानी रहेको इन्स्योरेन्सलाई जोगाउनु समितिको दायित्व थियो । आम सर्वसाधरणको पक्षमा भएको निर्णयले आफ्नो सार्वजनिक जीवननै ववार्द भएको निष्र्कष निकाल्दै समितिलाई घुँडा टेकाउन खोजेका खेतान र अन्य सञ्चालक समितिको शरणमा पुगेका छन् । समितिले सर्वसाधरणको लगानी भएको कम्पनी बन्द गर्ने यी सबै सञ्चालकलाई हदैसम्मको कारवाही गर्नुपर्छ । कसैलाई कारवाही गरेको भरमै सर्वसाधरणको लगानीलाई बन्धक बनाउने सञ्चालकलाई स्पष्टीकरण दिएकै भरमा उन्मुक्ती दिन हुँदैन । यदि सजिलै उन्मुक्ती दिने हो भने यस्ता धेरै सनकीहरु जन्मिनसक्छन् ।

No comments:

Post a Comment