Tuesday, September 18, 2012

एउटा संस्था जुनसधै विवादमा आइरहन्छ.....

काठमाडौ–व्यवसायीहरुको एउटा संस्था जुन जहिलेसुकै विवादमा आइरहन्छ । विवादमा आउनुको अरु कुनै कारण होइन । एउटा कार्यकाल पनि पूरै अवधि काम गर्न नसक्ने । विवादको पर्याय बनेको संस्था हो नेपाल वैदेशिक रोजगार व्यवसायी संघ । संघ स्थापना भएदेखिनै कहिल्यैपनि एउटा पदाधिकारीले विवादरहित भएर काम गर्न भ्याएको छैन । निर्वाचित भएर आएको दुई÷तीन महिनामै विवाद सुरु हुन्छ । पाँच÷ छ महिनाकै अवधिमा असन्तुष्टी छरपस्ट हुन्छ र फुटमा पनि पुग्छ । त्यही संस्थामा निर्वाचित भएर आएको पाँच महिनामै फेरी विवाद भएको छ । संघका अध्यक्ष बलबहादुर तामाङलाई हटाउने खेल सुरु भइसकेको छ ।
संघका अध्यक्षले वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले थालेको सुधार प्रयासलाई समर्थन गर्नु अरु पदाधिकारी र व्यवसायीका लागि टाउको दुखाई भयो । वर्तमान कार्यसमितिका पदाधिकारीसहित नौ जना सदस्यले अध्यक्ष विरुद्ध सार्वजनिक रुपमै अविश्वासको प्रस्ताव ल्याउने घोषणा गरेका छन् । यसका विरुद्धमा धेरै व्यवसायीको झुन्ड छ । संघका सधै विवादमा आउनुको प्रमुख कारण नेतृत्वमा आउन चाहनुनै प्रमुख कारण हो । मान्छे विदेश पठाएर पैसा राम्रै कमाएका म्यानपावर व्यवसायीहरु सार्वजनिक रुपमै चिनाउन चाहन्छन् । उनीहरुको एउटा मात्रै महत्वाकांक्षा भनेका कसरी चर्चामा आउनु मात्रै हुन्छ । संघको नेतृत्वमा आउन सफल भएमा सञ्चारमाध्यममा छाइरहन पाइन्छ । अर्कोतिर व्यवसायलाई विस्तार गर्न पनि सजिलो हुन्छ । यी र यस्तै कारणहरुले वैदेशिक रोजगार व्यवसायी संघ विवादको घेरामा पर्छ र पूर्ण कार्यकाल कसैले चलाउन पाउँदैन । म्यानपावर व्यवसायीले मान्छेको व्यापार गर्छन् । उनीहरुलाई एउटा मान्छे विदेश पठाउन पाए हुन्छ । विदेशमा जाने नेपाली हो नेपालीलाई राम्रो तलब सुविधामा पठाउनुपर्छ भन्ने मान्यता राख्दैनन् । मान्छे विदेश पठाउने व्यापारको रुपमा यसलाई विकसित गरेका छन् जसका कारण चर्को ऋण काढेर आएका धेरै नेपाली विदेशमा दुःख पाउने गरेका छन् । राज्य र समाजप्रति उनीहरुको कुनै दायित्व नभएको जस्तै गरेर मानव व्यापारमा संलग्न रहेका म्यानपावर व्यवसायीलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक छैन । यद्यपी संघको नेतृत्वमा आएको व्यक्तिले वैदेशिक रोजगार व्यवसायलाई सुधार्न सक्छ । त्यसैले अहिले भइरहेको विवादले फेरी त्यही मानव तस्करीको हातमा पु¥याउने आंशका छ । महानिर्देशक भट्टराईले थालेको सुधार कार्यक्रम अवरुद्ध हुनसक्छ । त्यसैले मान्छेको व्यापार गर्ने होइन वैदेशिक रोजगारमा सुरक्षित र आर्कषक तलबमा कामदार पठाउन लबिङ गर्नेलाई सुरक्षित राख्नुपर्छ । यसले चर्को ऋण खोजेर विदेशिएका प्रति न्याय हुन्छ ।


No comments:

Post a Comment