Thursday, September 6, 2012

कसले हेर्छ जमलको यस्तो दुर्दशा ?

काठमाडौ –राजधानीको जमल । यो चर्चित नाम हो । रानीपोखरी, विश्वज्योति हल, नेपाल सांस्कृतिक संस्थान लगायतका चर्चित स्थानसँग जोडिएको जमल भने पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । एक झर पानी पर्नेवितिकै यो जलमग्न हुन्छ । यात्रुहरुको विजोग हुन्छ । तर वर्षातमा सबैले दुःख पाउने यो जमलको पानी जम्ने समस्या कहिल्यै समाधान हुँदैन । जब पानी पर्छ अनि फोटो पत्रकारको पहिलो आर्कषण यही हुन्छ ।
 पानी परेको भोलिपल्ट सामाचारका पृष्ठमा जमलमा पानी भरिएको तस्विर छापिन्छ । तर यो पानी किन भरिन्छ ? यसको समाधान के हो भनेर कहिल्यै आउँदै ? राज्यका निकायहरुले पनि जमलमा पानी भरिने समस्यालाई ठूला मानेका छैनन् ।

मानेका भए त्यो समस्या समाधान हुने थियो । लाखौ यात्रुले पानी परेपछि घुँडा माथि सारेर तरिरहेका छन् । तर कसैको पनि ध्यान गएको छैन । नेपाल चेम्बर अफ कमर्शको भवन पनि यही छ । तर चेम्बरले पनि यो समस्या समाधानको लागि ध्यान दिएको छैन । तर चेम्बर अध्यक्ष सुरेशकुमार बस्नेत भन्छन्, ‘हामीले एक दिन ८० हजार खर्च गरेर ढल सफा ग¥र्यो । तर यो समस्या समाधान भएन । यो सबैको टाउको दुखाई भएपनि किन महानगर र सरकारको ध्यान गएको छैन । राजधानीको केन्द्रमा रहेको जमलको यो समस्या समाधान गर्न कसैको चासो छैन बरु बाटो फराकिलोमा भने सबैको ध्यान छ । किन यस्तो भइरहेको छ ।

No comments:

Post a Comment