Wednesday, September 19, 2012

आर्थिक पत्रकारले आर्थिक मुद्दै बुझ्दैनन् रे.....

काठमाडौ – ‘आर्थिक पत्रकारले आर्थिक मुद्धानै बुझदैनन् । यहाँ प्रतीक (प्रधान) जी पनि हुनुहुन्छ । उहाँहरुले आर्थिक पत्रकारितालाई धेरै अगाडी बढाउनुभयो,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले आर्थिक स्वतन्त्रता सम्वन्धी प्रतिवेदन सार्वजनिक भएको कार्यक्रममा भने, ‘यसलाई तपाईहरुले हेडलाईन बनाएपनि हुन्छ ।’ प्रतिवेदन सार्वजनिकको अध्यक्षता गर्नुपर्ने भाष्करजी झन्डै डेढ घन्टा ढिलो कार्यक्रममा आएका थिए । कार्यक्रम हुने समय एक बजे थियो तर उनी साढे दुई बजेतिर आएका थिए । उनी आउँदा प्रतिवेदन सार्वजनिक भइसकेको थियो भने अन्तिम चरणको प्रश्नउत्तर मात्रै बाँकी थियो । उनले केही आर्थिक पत्रकारको प्रश्न मात्रै सुन्न भ्याएका थिए ।
अन्तिममा धन्यवाद ज्ञापनमा उनी बम्किदै भने, ‘खै सरकारले तोकेको अत्यावश्यक वस्तुको अधिकतम मूल्य तोक्ने(एमआरपी)को बारेमा आलोचनात्मक टिप्पणीनै आएन ।’ तर उनले आफ्नै भगिनी संस्था नेपाल चेम्बर अफ कमर्सले दिएको सूचनाका आधारमा एमआरपी तोकेको बारेमा भने केही बोलेनन् । खुल्ला बजार अर्थतन्त्र अनुसार एमआरपी तोक्नु राज्य नियन्त्रित हो । यसमा सरकारले हस्तक्षेप गरेकै हो । तर  आफ्नै व्यवसायीले दिएको मूल्यसूचीको आधारमा मूल्य तोक्दा तपाई किन मौन ? व्यवसायीले गरेको कार्टेलिङ र सिन्डिकेटमा महासंघका जिल्ला सदस्यले समर्थन गर्दा तपाईले कारवाही गरेको खै ?

No comments:

Post a Comment