Thursday, September 6, 2012

विपक्षी दलको अड्डीले विकासमा ब्रेक लाग्यो


काठमाडौ –विपक्षी दलको अड्डीले पूर्ण बजेट आउन सकेन् । पूर्ण बजेट नआएर एक तृतियांश बजेट आयो तर राजनीतिक मुद्धा केही पनि सल्टिएको छैन । विपक्षी दलले पूर्ण बजेट आउन नदिएर राजनीतिक जीत पाउन त सफल भए तर विकासलाई भने ब्रेक लगाउने काम गरे । एक तृतियांश बजेटले नयाँ आयोजना आउन सकेनन् वहुवर्षिय र राष्ट्रिय गौरबका आयोजना समेत प्रभावित भएको छ । सरकारका अधिकारीहरुले भलै राष्ट्रिय गौरबका आयोजनालाई कुनै प्रभाव नपार्ने दावी गरेका छन् । तर अहिलेसम्मको प्रगति हेर्दा यी आयोजना पनि प्रभावित भइसकेका छन् । कर्मचारीले सानो रकमका लागि आँखा लगाउने कुरैपनि भएन ।
 वार्षिक बजेट नआएपछि कर्मचारीहरुले पनि विकास आयोजनाका कार्यक्रम स्विकृतीका लागि ढिलाई गरेका छन् । अर्थमन्त्रालयले साउन १५ गतेभित्रै कार्यक्रम स्विकृत गर्न निर्देशन दिएपनि आयोजना प्रमुखहरुले ढिला गरेका छन् ।
यसले पनि पूर्ण बजेट नआउँदा कर्मचारीमा पनि चित दुख्दो रहेछ । सानो रकममा उनीहरुको आँखै नगएर होला कार्यक्रम स्विकृत गर्न ढिलाई भएको ? अर्थसचिव कृष्णहरि बास्कोटाले समेत कार्यक्रम स्विकृती गर्न ढिलाई भएको बताएका छन् । राजनीतिक सहमति नजुटेपछि सरकारले ल्याएको एक तृतीयांश बजेटले बहुवर्षीय र राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित भएका छन् । एक तृतियांश बजेटले नयाँ विकास आयोजना आउन नसके पनि सञ्चालनमा रहेका आयोजनामा भने कुनै प्रभाव नपर्ने दाबी गरिएको थियो ।
‘पूर्ण बजेट नआउँदा कर्मचारी तहमा मनोवैज्ञाननिक असर परेको छ,’ बास्कोटाले भने, ‘खर्च गर्न नै मनोगत असर परेपछि आयोजनामा ढिलाइ हुनु स्वभाविक हो ।’
एक तृतीयांश बजेट ल्याउँदा पनि राष्ट्रिय योजना आयोगबाट स्वीकृत गराउनुपर्छ । उनले साउनमा बजेट आउनेबित्तिकै  आयोजना प्रमुखलाई साउन १५ भित्रै कार्यक्रम स्वीकृत गर्न निर्देशन दिएको बताए ।
‘बजेट आउनेबित्तिकै साउन १५ भित्र कार्यक्रम स्वीकृत गरेर पठाउन भनेका थियांै,’ बास्कोटाले भने, ‘तर त्यहाँबाट पनि बिलम्ब भयो ।’
उनका अनुसार बहुवर्षीय आयोजनामा समेत सालिन्दा दरबन्दी थप्नुपर्ने हुन्छ । ‘जस्तो पुष्पलाल लोकमार्ग निर्माणका लागि प्रत्येक वर्ष कर्मचारी नियुक्त गरिनुपर्छ । तर सम्बन्धित मन्त्रालयमा बैठक  समयमा बस्न नसकेपछि प्रक्रियागत ढिलाइ हुन्छ,’ उनले भने, ‘यस्ता प्रक्रियागत ढिलाइले पनि विकास निर्माणलाई प्रभावित बनाएको छ ।’ बास्कोटाले पहिलो त्रैमासिकमा कार्यक्रम स्वीकृति लगायत काम हुने भएकाले विकास निर्माणमा ठूलो प्रभाव नपार्ने बताए । दोस्रो त्रैमासिकमा ठेक्कापट्टाको काम हुन्छ भने तेस्रो त्रैमासिकमा विकास निर्माणका काम अघि बढ्छन् । उनले राष्ट्रिय गौरव र बहुवर्षीय आयोजनालाई प्रभावित नबनाउन आफू सक्रिय रहेको बताए । ‘मध्यपहाडी लोकमार्ग, फास्ट ट्रयाक, मेलम्ची लगायत आयोजना प्रभावित हुँदैन् । यसलाई जुनसुकै हालतमा अघि बढाउन निर्देशन दिएको छु,’ बास्कोटाले भने ।
एक तृतीयांश बजेटले कात्तिकसम्म थेग्नेछ । मंसिरपछि भने कर्मचारीलाई तलब, कैदीलाई सिधा दिने लगायत समस्या आउने छन् ।

No comments:

Post a Comment