Thursday, September 13, 2012

एउटा व्यक्तिले गरेको कायापलट

काठमाडौ –एउटा मान्छेले कायापलट गर्न सक्दैन । तर धेरै सुधार गर्न सक्छ । यसलाई प्रमाणित गरिदिएका छन् वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले । विभागमा गएको एक वर्षको अवधिमा उनले वैदेशिक रोजगारमा देखिएका धेरै वेथितीहरुलाई सुधार गर्न सफल भएका छन् ।नेपालको इतिहासमै वहावाला मन्त्रीलाई हटाउन सौभाग्य पाएका भट्टराईले म्यानपावर व्यवसायीले गर्ने फटाईलाई रोक्न सफल भए । विदेश जानको लागि चर्को ब्याज तिरेर ऋण बोकेर आएका गाउँका युवाहरुलाई ठग्ने म्यानपावरलाई केही भएपनि ठेगान लगाउन उनी सफल भएका छन् ।चर्को ब्याज तिरेर आएका युवालाई दोहोरो सम्झौता गरेर पठाउने कार्य उनले करिब करिब रोक्न सफल भएका छन् । उनले एक वर्षका अवधिमा गरेको सफलताको आधार भनेको म्यानपावर एजेन्सीलाई २४ करोड रुपैयाँ क्षतिपूर्ति गराएर कामदारलाई फिर्ता दिनसक्नु उनको सफलता हो । सम्झौता अनुसार कामदारले विदेशमा काम नपाएर फर्किएका कामदारको पक्षमा भट्टराईले गरेको यो कामको जति प्रशंशा गरेपनि कम हुन्छ । म्यानपावर एजेन्सीले ठगिएको फर्किएका नेपालीले वैदेशिक रोजगार विभागमा धाउँदा धाउदै क्षतिपूर्ति नपाएर फर्किनुपर्ने अवस्था थियो ।
धेरै कामदारले क्षतिपूर्ति नपाएपछि विभागप्रतिको अनास्थानै फैलिएको थियो । विभागले भराएको यो क्षतिपूर्तिले सरकारी संयन्त्रको आस्था पनि बढेको छ । यति मात्रै होइन विदेशबाट दुःख पाएर फर्किएका कामदारलाई त्रिभुवन विमानस्थलबाटै म्यानपावरमा लगेर भित्रभित्रै मिलाउन पनि थालेका छन् । यसले पनि विभाग बलियो भएको स्पस्ट हुन्छ । विभागका महानिर्देशक भट्टराई राम्रा, भष्ट्राचार नगर्ने कर्मचारीको रुपमा चिनिन्छन् । यसले विभागभित्र अनियमितता हुन पाएको छैन । तर विभागका तल्ला कर्मचारीको हकमा भने यो लागु हुन सकेको छैन । कार्यालयभित्र अनियमितता छैन । तर कार्यालय वाहिर भने तल्ला तहका कर्मचारीले पैसा लिने गरेका छन् । यसले विभागलाई पूर्ण रुपमा भष्ट्राचार मुक्त गर्न सकिएको छैन । कर्मचारीको आचरण सुधार्न नसकेकोमा भट्टराई पनि आलोचित छन् । कर्मचारीको आचरण सुधार्न सकिन भन्दै आफ्ना निकटका व्यक्तिहरुलाई उनले भन्न पनि थालेका छन् । तर उनले हिम्मत भने हारेका छैनन् । ‘सुधारका लागि मेरो प्रयाुस जारी रहन्छ । यसलाई निरन्तरता दिइनेछ,’ उनले भन्ने गरेका छन् । भट्टराईले थालेको सुधार योजनामा म्यानपावर भित्रका धेरैले बाधा अड्चन समेत थालेका थिए । अहिले फेरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षलाई अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ यसको प्रमुख कारण भनेको भट्टराई थालेको सुधारको प्रयासमा समर्थन दिनुनै हो । अध्यक्ष बलबहादुर तामाङले वैदेशिक रोजगारमा देखिएको माफियातन्त्रलाई तोड्न विभागको सुधार योजनालाई समर्थन गरेको बताउँदै आएका छन् । यसले भट्टराईको सुधार योजनालाई कहाँ पु¥याउने हो हेर्न बाँकी छ । तर भट्टराईका कदम यसरीनै निर्डर र अडिग हुन जरुरी छ ।

No comments:

Post a Comment