Tuesday, September 4, 2012

सुनले बनायो व्यापारीलाई मालामाल

काठमाडौ
सुनको मूल्य बढेर मंगलबार प्रतितोला ६० हजार पुगेको छ । दुई सातामा सुनको मूल्य एकतोलाको २३ सय रुपैयाँ बढेको छ । यो आधारमा सुनको मूल्य साताकै एक हजारको दरले बढेको छ ।सातामै एक हजार बढ्ने भएपछि लगानीकर्ता ओइरिनु स्वभाविक हो । सुनचाँदीमा व्यवसायमा रहेका व्यापारीहरुलाई पनि राम्रै भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यहाँका सुन व्यापारी मालामाल भएका छन् ।
राम्रो मुनाफा भएपछि सुन किन्न बैंक तथा वित्तिय संस्थाबाट रकम समेत झिक्न थालेका छन् । सुनकै लागि ६÷७ अर्ब भन्दा बढी रकम झिकिइसकेको अनुमान छ । यो मात्रै होइन नाफा खोज्नेहरु अवैध कारोबारमा समेत लागेको हल्ला छ । जताबाट मुनाफा हुन्छ त्यतैबाट सुन ल्याएर बिक्री गर्ने काममा लाग्ने यहाँका व्यवसायीको पुरानै परम्परा हो । विगतमा भारतमा सुन सस्तो हुँदा गाडीको डिक्कीमा ल्याएको समेत भेटिएको थियो ।
 हाम्रा व्यवसायीले यही जानेका छन् । यता सस्तो हुँदा यताको माल उता र उता सस्तो हुँदा उताको माल यता । यसरीनै चलेको छ हाम्रो व्यवसाय । हाम्रा भन्सारका कर्मचारीले आँखा चिम्लिन जानेकै छन् । हाम्रो व्यवसायीको विज्ञता भनेको त्यसमै छ । तर यो विज्ञताले मुलुकमा के के अभाव गराउने हो ? अर्थतन्त्रलाई कस्तो प्रभाव पार्ने हो ? सरकारी निकायले नहेर्ने हो भने सुन जस्तो अनुत्पादक क्षेत्रमा लगानी भएर त्यसले  अर्थतन्त्रलाई गम्भिर असर पार्नेछ ।

No comments:

Post a Comment