Monday, September 10, 2012

आयल निगमभित्रको भद्धा राजनीति

काठमाडौ –आयल निगमभित्रको कर्मचारी राजनीति नेपाली राजनीतिकै पटाक्षेप  भएको छ भन्दा फरक नपर्ला। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले निगम लगातार घाटामा छ । मक्किदै गएको निगमलाई थप धरासायी बनाउने काम भने त्यहीका कर्मचारीले गरिरहेका छन् ।निगम यस्तो संस्था बनेको छ जसमा कार्यकारी निर्देशकदेखि निर्देशकसम्म खुट्टा तान्न मात्रै लागिरहेका छन् । कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालनै राजनीतिका पहिलो पात्र हुन् । उनी कामु कार्यकारी निर्देशक भएदेखिनै निगमका कुनै कर्मचारीसँग विश्वासमा लिन सकेका छैनन् । उनी आफै निगम र तेल बजारको बारेमा कुनै ज्ञान छैन ।
कमजोर भएकैले उनले कर्मचारीको सरुवा गरिरहेका छन् । पछिल्लो समयमा उनले निगमको वितरणमा शिव पुडासैनीलाई ल्याएका छन् भने त्यहाँ रहेका सुशिल भट्टराईलाई गुणस्तरमा सरुवा गरिएको छ । उनलाई पाँच महिनाअघि भट्टराईलाई त्यहाँ ल्याइएको थियो । तर भट्टराईलाई पनि उनले विश्वास गर्न सकेनन् ।अग्रवालले कुनै निर्णय गर्दा कर्मचारीलाई विश्वास नगरी इन्डियन आयल कर्पोरेसनसँग स–साना कुरा पनि आफै गर्छन् । पछिल्लो समयमा मूल्यवृद्धिको निर्णय गर्दा कर्मचारीलाई कुनै जानकारी नदिन निर्देशन दिएका थिए । तर त्यो समाचार छरपस्ट हुन पुग्यो । कामु कार्यकारी निर्देशकको यो रबैयाले निगमका सबै कर्मचारी आजित भएका छन्  भने कर्मचारी पनि कार्यकारी निर्देशकको कुरा काटेर बस्छन् ।‘निगमभित्र यस्तो राजनीति कहिल्यै पनि थिएन,’ निगमका एक कर्मचारीले भने, ‘यो राजनीतिकै कारण निगमप्रतिको विश्वास घट्दैछ ।’


No comments:

Post a Comment