Saturday, February 23, 2013

तपाई पनि चढ्ने हो साइकल जस्तो मोटरसाइकल ?

काठमाडौं– हेर्दा साइकल जस्तो । तर यो साइकल नभएर मोटरसाइकल हो । त्यो पनि जर्मनीमा बनेको । यो मोटरसाइकल नेपाल आउँदैछ । युवापुस्ताको रुचीलाई हेरेर यो मोटरसाइकल साःख ग्रुपले ल्याउँदैछ । स्टाइलिस यो मोटरसाइकलमा युवापुस्ताको चासो बढेको छ । जर्मनी मोटरसाइकल साच्स म्याडएस बुधबार नेपाल भित्रिने भएको छ ।  आधिकारिक बिक्रेता इको अटोले बुधबार नेपाली बजारमा यो मोटरसाइकल भिœयाउनेछ भने मार्चबाट मात्रै बिक्री सुरु हुनेछ । इको अटो साःख ग्रुप अन्तर्गतको कम्पनी हो । म्याड्स विश्वकै पुरानो मोटरसाइकल उत्पादक कम्पनी जर्मन अटोमेटिभ कम्पनीले उत्पादन गर्दै आएको छ ।‘बुधबारसम्म यो मोटरसाइकल नेपाल आउनेछ । त्यसपछि उपभोक्ताले टेस्ट ड्राइभ गर्न पाउनेछन्,’ साःख ग्रुपका प्रबन्ध निर्देशक प्रवल साःखले भने, ‘मार्चबाट मोटरसाइकलको औपचारिक बिक्री सुरु हुनेछ ।’ यो मोटरसाइकल हेर्दा साइकल र स्कुटरजस्तो देखिन्छ ।  सन् १९६०को होन्डाको मोपेडस् जस्तो देखिन्छ ।
‘यो मोटरसाइकल साइकल र स्कुटर जस्तो देखिने भएकोले झुकिन्छन्,’ उनले भने , ‘मोटरसाइकलको मर्मत र अपग्रेड गर्न सजिलो हुन्छ ।’ यो सानो नेकेड बाइक हो । मोटरसाइकलमा पाँच लिटर ट्यांकी हुन्छ । कम्पनीका अनुसार यसमा चार वटा म्यानुअल गियरवक्स र अटोमेटिक ट्रान्समिसन र डुअल हाइड्रोलिक डिस्क ब्रेक छ । यो मोटरसाइकल युरो ३ मापदण्डको हो । साःखका अनुसार मोटरसाइकलले नेपाली बजार तताउनेछ । कम्पनीका अनुसार १ सय २५ सिसीको मोटरसाइकल चलाउन सजिलो र शक्तिशाली छ । यो मोटरसाइकल इलेक्ट्रिक र किक स्टार्ट दुवै रहेको छ । मोटरसाइकले एक लिटरले पचास किलोमिटर माइलेज दिन्छ । मोटरसाइकलमा १६ इन्चको ट्युबलेस टायर, एलोई रिम्स र २ सय ६० एमएम फ्रन्ट डिस्क ब्रेक छ । पाँचवटा विभिन्न रंगमा उपलब्ध यो मोटरसाइकल हुनेछ । कम्पनीका अनुसार मोटरसाइकलको मूल्य १ लाख ७५ हजारदेखि १ लाख ८५ हजार रुपैयाँबीचमा हुनेछ ।



No comments:

Post a Comment