Monday, February 25, 2013

मान्जा द क्लब र स्कोडा यापिड कुन किन्ने ?


काठमाडौं– सिप्रदी ट्रेडिङ र स्कोडाको आधिकारिक वितरक (मोरङ अटो वक्स) एमएडब्लु इन्टरप्राइजेजले एकैदिन सेडान क्लासको कार बजारमा ल्याएका छन् । सिप्रदीले टाटाको मान्जा द क्लब क्लास सेडान कार र एमएडब्लुले स्कोडाको डिजेल भर्सनको ¥यापिड गाडी ल्याएको छ । टाटा मान्जा भन्दा यापिडको मूल्य भने महँगो छ । एकै पटक ल्याइएको दुवै कारले बजारमा कसरी आफ्नो प्रभुत्व देखाउने हो हेर्न बाँकीनै छ । मान्जा द क्लब क्लास सेडान कार युवापुस्तालाई लक्ष्य गरेर निर्माण गरिएको हो । कम्पनीका अनुसार नयाँ जमानाका व्यक्तिहरुका लागि डिजाइन गरिएको यो कार आकर्षक स्टाइलमा मानिस र मेसिनवीचको सर्वश्रेष्ठ अन्तत्र्रिmया र गुणस्तरीय क्लास क्याबिन स्पेसको संयोग हो । नयाँ र आकर्षकखालका इन्टेरियर र आधुनिक प्रविधिले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ । टाटा मोटर्सका लागि नेपाल र भुटानका आवासीय प्रबन्धक गुरिन्दर सिंहका अनुसार कार फुल अटोमेटिक एयर कन्डिसन, फस्र्ट इन क्यास टच स्क्रिन, मल्टी मिडिया प्लेयर र जिपिएस नेभिगेसन सिस्टम छ ।
कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोलअन्तर्गत मल्टी मिडिया इन्टरफेस समेत रहेको छ  । यसको टच स्क्रिनमा औंलाले छुँदा जिपिएस नेभिगेसन मल्टी मिडिया डिभीडी प्लेयर, ब्लु ५ र अन्य कार्यहरु मल्टी कलर र ६.२ हाइ रेजुलेसनमा सञ्चालन हुन्छ । नरमखालका इन्टेरियर डिजाइनले गर्दा कार आरामदायी क्याबिनका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसका विभिन्नखाले डिजाइनका छतहरु र ८ स्पिलिट–स्पोक एलोओइले बाहिरको सुन्दरतालाई गुणस्तरीयता प्रदान गर्छ ।  यो कार अन्तर्राष्ट्रिय रुपमै उत्कृष्ट दाबी गरिएको ९० क्वाड्राजेट डिजेल र सफारी पेट्रोल इन्जिनद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्वाड्राजेट डिजेल कारले २१ किलोमिटर २१.०२ र सफारी पेट्रोल १३.७ किलोमिटर माइलेज दिनेछ । कारमा सुरक्षाका धेरै विशेषता छन् । कारमा कोल्याप्सिबल स्टिेरिङ कोलम, एन्टी लक ब्रेकिङ सिस्टम र फ्रन्टल एयरब्यांग लगायतका छन् । गाडीले संकटपूर्ण आरपिएमपार गरेपछि टकोमिटरमा सामान्य रातो लाइनको सट्टा क्रिटिटकल रेभ इन्डिकेटर निडल रातो रङमा परिणत हुन्छ । इन्जिन इममोबिलाइजर र सेन्ट्रल लकिङ सिस्टम लगायत सुविधा रहेको कम्पनीले जनाएको छ । कार विभिन्न ६ वटा आकर्षक रङ र चार फरक स्तरमा उपलब्ध छन् । कम्पनीका अनुसार जिएलएक्स, जिइएक्स, एलएक्स र इएक्समा कार उपलब्ध गराइएको छ । कम्पनीका अनुसार सफारी रेन्जका गाडीहरुको मूल्य २४ लाख ४५ हजार र क्वाड्राजेट डिजेल रेन्जका गाडीहरुको २८ लाख ४५ हजारबाट सुरु हुन्छ । कम्पनीले यो कारको दुई वर्षको वारेन्टी(पचास हजार किलोमिटर) दिएको छ । स्कोडाको आधिकारिक वितरक (मोरङ अटो वक्स) एमएडब्लु इन्टरप्राइजेजले डिजेल इन्जिनको स्कोडा ¥यापिडको  डि नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार  अरु पेट्रोल गाडीभन्दा यो कारले बढी माइलेज दिन्छ । ‘ड्राइभ वाई एक्सिलेन्स’ भन्ने नाराका साथ स्कोडा ¥यापिड तीनवटा मोडलमा ल्याएको छ ।  कम्पनीका अनुसार एक्टिभ प्लस, एम्बिएसन प्लस र एलिगेन्स छन् । यी तीनवटै मोडल १.६ लिटर क्षमताका डिजेल गाडी हुन् । यो मूल्य बराबरको यो सेग्मेन्टको अधिकतम क्षमता भएको कार भएको कम्पनीको दाबी छ । यो कारमा अधिकतम क्षमता ४ हजार ४ सय आरपिएममा १ सय ५ पिएस र १ हजार ५ सयदेखि २ हजार ५ सय आरपिएममा २ सय ५० एनएम टर्क छ । यो कारको ग्राउन्ड क्लियरेन्स १६८ एमएम र स्टोरेज क्षमता ४ सय ६० लिटर छ । यो कारले २० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार १६ सय सिसीको वास्तविक आनन्द दिने यो कारको डिजाइनमा चालक र यात्री दुवैलाई आरामदायी र सुविधायुक्त विशेषता थपिएको छ । कारको पछाडि फग लाइट, म्यानुअल हेलोजन हेडलाइट, गाडीभित्र शुद्ध हावा ल्याउन फिल्टर, झ्यालहरु सञ्चालन गर्न रिमोटयुक्त साँचो, झ्यालले हात नच्याप्न एन्टी पिन्च विन्डो र सिटको तल्लो भागमा रियर एयर कन्डिसन भेन्ट रहेको कम्पनीले जनाएको छ ।
कारमा चाहना र सुविधाअनुसार हाइट र लेन्थ मिलाउन सकिने स्टेरिङ ह्ल्सि र इमरजेन्सी ब्रेक लगाउँदा सन्तुलन बिग्रिन नदिन ड्युल रेट ब्रेक एसिस्ट रहेको कम्पनीले जनाएको छ । कारमा उच्च मोडल एलिगेन्समा थप विशेषता छ । योअन्तर्गत १५ एलोई ह्विल्स, अगाडिको यात्रीका लागि एयर ब्याग, मल्टी फन्सन डिस्प्ले सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।  बाहिरको बदलिँदो तापक्रममा पनि गाडीभित्र समान तापक्रम कायम गर्न अटोमेटिक एयर कन्डिसन लगायत सुविधा छन् ।
एक्टिभ प्लसको मूल्य ३४ लाख ९५ हजार, एम्बिसन प्लसको ३७ लाख ९५ हजार र एलिगेन्सको ४० लाख ९५ हजार रुपैयाँ कम्पनीले तोकेको छ । यो कार चार रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment