Saturday, March 2, 2013

कुखुराको मासुको मूल्य अब बढ्दैन

काठमाडौं –अहिलेसम्मकै महँगो भएको ब्रोइलर कुखुराको मासुको भाउ नबढ्ने भएको छ । गर्मी सुरु भएसँगै कुखुरा उत्पादनसमेत बढ्न थालेकाले मूल्य नबढ्ने व्यवसायीले बताएका छन् । अहिले उपत्यकामा कुखुराको मूल्य ३ सय १५ रुपैयाँ किलो छ । किसानले जिउँदो कुखुराको २ सय २० रुपैयाँ पाउँछन् भने उपभोक्ताले किन्दा २ सय ३० रुपैयाँ पर्छ ।  ‘ब्रोइलर कुखुराको मूल्य अब योभन्दा माथि जाँदैन । बरु आठ÷ दस दिनमा यसको मासुको मूल्य घट्न थाल्छ,’ नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष एंव आशापुरी ह्याचरीका सञ्चालक नारायणहरि खत्रीले भने, ‘जाडोमा कुखुराको उत्पादन कम भएकाले मूल्य बढेको हो ।’ उनका अनुसार यसपालि जाडो बढी भएकाले धेरै किसानले कुखुरा नै कम पालेका थिए ।
‘बर्डफ्लु लगायत समस्या यो बेला बढी आयो । यसले पनि किसानलाई नयाँ चल्ला थप्न हत्तोसाहित बनायो,’ खत्रीले भने, ‘मागअनुसार कुखुरा नपाएपछि मूल्य अकासिएको हो ।’ राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले केही दिनभित्रै कुखुराको आपूर्ति बढ्ने भएकाले अब मूल्य नबढ्ने जानकारी दिए । ‘कुखुराको मूल्य योभन्दा माथि जादैन । उपभोक्ताले एक महिना बढी मूल्य तिर्नुप¥यो,’ उनले भने, ‘अब विस्तारै मूल्य घट्नेछ ।’ पछिल्लो एक महिनामा कुखुराको मूल्य लगातार बढिरहेको छ । अभाव भएर महँगो हुन थालेपछि उपत्यकाका कतिपय कोल्टस्टोरले किलोको ३ सय ७० रुपैयाँसम्म बिक्री गरिरहेको भेटिएको छ । उपत्यकाको विभिन्न ठाउँमा मनपरी कुखुराको मासु बिक्री भइरहेको छ । डिल्लीबजार बस्ने विमला रानाले शुक्रबार कुखुरा किलोको ३ सय ३० रुपैयाँमा किनेको बताइन् । ‘कुखुराको मूल्य अचाक्ली महँगो भएछ,’ उनले भनिन्, ‘कुखुराको मासु यतिधेरै महँगो कहिल्यै खाइएको थिएन ।’ अचानो मिटल्यान्ड कपनका सञ्चालक अशोक अधिकारीले कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको बताउँदै किलोको ३ सय ३० रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए । ‘हामीले नै कुखुरा महँगोमा किन्नुपरिरहेको छ । हामीले किनेर ल्याएको मूल्यमा सामान्य नाफा लिएर बिक्री गरिरहेका छांै,’ उनले भने । उपत्यकामा मात्रै होइन पोखरामा लगायत मुलुकका विभिन्न ठाउँमा कुखुराको मासुको मूल्य उच्च छ । पोखरामा ३ सय ७० रुपैयाँ किलोमा बिक्री भइरहेको छ । त्यहाँ एक महिनाअघि प्रतिकिलो ३ सय २० रुपैयाँ रहेकोमा ५० रुपैयाँ बढेर अहिले ३ सय ७० रुपैयाँ पुगेको हो ।


No comments:

Post a Comment