Monday, March 4, 2013

आज कहाँ पाइन्छ तेल ?

काठमाडौं– उपत्यकाको तेल हाहाकार हटाउन नेपाल आयल निगमले साझा र सुरक्षा निकायका पेट्रोल पम्पलाई तेल दिएको छ । निगमको थानकोट डिपोबाट साझा, नेसनल ट्रेडिङ, सेना र प्रहरीलाई तेल दिएको हो । सेना र प्रहरीको आफ्नै ट्यांकरबाट तेल ढुवानी गरेका हुन् भने साझा र नेसनल ट्रेडिङलाई भने निगमसँग रहेको डिस्पेन्सरसहितको तीन वटा ट्यांकरले तेल दिएको हो ।
‘हामीले साझा र सुरक्षा निकायलाई तेल दिएका छौ । निजी क्षेत्रको ट्यांकर ढुवानी सञ्चालनमा आउन तेल वितरण हुन सकेन्,’ थानकोट डिपो प्रमुख वीरेन्द्र गोइतले भने, ‘हामीले असहज अवस्थामा समेत तेल वितरण गरेका छौ । यसलाई जारी राखेका छौ ।’ बरौनी तेल लिन गएको बेला भारतीय लुटेराले नशालु पदार्थ खुवाएर सहचालक अहमद देवानको हत्या गरेको विरोधमा अमलेखगञ्जमा शव ल्याएर प्रर्दशन गरेका कारण तेल ढुवानी ठप्प पारेका छन् । साझा पेट्रोल पम्प पुल्चोेकले ९ हजार लिटर पेट्रोल, नेसनल ट्रेडिङले ६ हजार लिटर डिजेल, सशस्त्र प्रहरीले १२ हजार पेट्रोल, जनपथ प्रहरीको हेडक्वाटर नक्सालमा रहेको पम्पले ८ हजार पेट्रोल र भद्रकालीमा रहेको सेनाको रिपुमर्दिनी पेट्रोल पम्पले १२ हजार लिटर पेट्रोल पाएका छन् ।

No comments:

Post a Comment