Tuesday, October 9, 2012

मीनबहादुर भन्छन्,मैले क्यास र ड्यास दुबै माओवादीबाट एकसुका पैसा लिएको छैन


काठमाडौ –नेपालमा सुपरस्टोर्सको अवधारणा स्थापित गराउने मीनबहादुर गुरुङका बारेमा पछिल्ला समयमा विभिन्न हल्ला वाहिर आए । मीनबहादुरले आत्महत्याको प्रयास गरेको समाचारै वाहिर आए । २०४१ सालमा ३५ हजारमा भाटभटेनीमा किराना पसल थापेर सुरु भएको उनको व्यवसाय अहिले ६ वटा सुपरस्टोर खोलिसकेका छन् । भाटभटेनी, महाराजगञ्ज, कोटेश्वर, पाटन, चावहिल र पोखरामा भाटभटेनीको सुपरस्टोर सञ्चालनमा आइसकेको छ । नेपालमा सुपरमार्केटको संस्कृति भिœयाएका मीनबहादुरका बारेमा पछिल्ला समयमा आत्महत्याको प्रयासदेखि राजनीतिक दलको पैसाले सुपरस्टोर खोलेको समाचारहरु वाहिर आए । तर उनले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा आफुले कुनै राजनीतिक दलको पैसा नलिएको स्पोष्टोक्ती दिएका छन् । ‘अहिले धेरै हल्ला वाहिर आएको मैले पनि सुनेको छु । वाहिर आएको जस्तो क्यास र ड्यास माओवादीको पैसा लिएको छैन,’ उनले भनेका छन्, ‘मैले वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय विस्तार गरेको छु ।’
उनले आफ्नो लगानीकर्ता स्ट्यान्र्डड चार्टर्ड लगायतका बैकहरु रहेको बताउँदै राजनीतिक दलको एक सुका पनि नलिएको दावी गरे ।‘मीनबहादुरले राजनीतिक दलको एकसुका पनि लिएको छैन । बरु वित्तीय संस्थाले हामीलाई एउटा भएपनि परियोजना दिनुप¥र्यो भनेर आउँछन्,’ उनले भने, ‘मलाई अरुबाट पैसा लिनुपर्ने अवस्थै छैन ।’ गुरुङले चन्दा नदिई व्यवसाय सञ्चालन गर्न कठिन भएको स्विकार गर्दै द्वन्द्वकालमा भने माओवादीलाई सहयोग गरेको स्विकार गरे ।‘द्वन्द्वको बेलामा सहयोग गर्नुपर्ने हाम्रो पनि बाध्यता थियो । तर अहिले कोही चन्दा माग्न आए व्यवसाय गर्न सुझाव दिन्छु,’ उनले भने ।
 शरीमतीको सुनको गहना बिक्री गरेर थालेको उनको व्यवसायले ठूलो आकार लिइसकेको छ । आकार बढेपछि राम्रा र नराम्रा दुबै विषय वाहिर आउँछन् । यो हल्लाले लगानीकर्तालाई निरुत्साहित त गराउँछ नै । तर उनले यस्ता हल्लाको पछि नलागी व्यवसाय विस्तारमा लागिरहने बताउँदै युवापुस्तालाई श्रम गर्न आग्रह गरे ।

No comments:

Post a Comment