Wednesday, October 3, 2012

वैद्यको आन्दोलन –पुरानो बोतलमा नयाँ रक्सी

काठमाडौ– नेकपा–माओवादी(वैद्य)ले भारतीय चलचित्र, गाडी र गीत बिक्री गर्न नदिने घोषणा गरेको छ । यो दलले पाँच दिनदेखि भारतीय गाडी र हिन्दी चलचित्रमा रोक लगाएको घोषणा ग¥र्यो । वैद्य समूहका लागि आन्दोलनको कुनै एजेन्डा थिएन । बन्द, हड्ताल लगायतका कार्यक्रमले यो पार्टीलाई चिनाउन सक्ने अवस्था रहेन । त्यसपछि वैद्य समूहलाई एउटा जुक्ति फु¥र्यो अनि घोषणा गरिएको भारत विरोधी आन्दोलन । माओवादीको सशस्त्र द्वन्द्वको बेलामा भारत विरोधी आन्दोलनबाट ठूलै उपलब्धी हासिल गरेको ज्ञान नयाँ माओवादीलाई थियो । सशस्त्र द्वन्द्वको बेलामा सुरु गरिएको भनिएको सुरुङ युद्धको नाटक मञ्चनबा माओवादीलाई राष्ट्रिय स्वाधिनताको लडाई भन्दै जनताको सहानुभुति हासिल गरेको थियो । वैद्यले त्यही सहानुभूतिलाई क्यास गर्न खोजे ।
अनि उनले सुरु गरे त्यही नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तै राष्ट्रिय स्वाधिनताको आन्दोलन थाले । आन्दोलनको भोलीपल्टै भारतीय दूतावासले आपती जनायो । उसले आपती जनाउनेवितिकै माओवादीकी प्रवक्ता पम्फा भुसालले प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तु बोकेका भारतीय गाडीलाई नरोकेको उल्लेख गरिन् । उनको आन्दोलनलाई भारतीय दूतावासले धरमर बनाईदियो । भारतीय गाडी चल्न नदिने घोषणालाई पुर्नविचार भयो । आन्दोलन नरम हुने देखपछि माओवादीले हलमा हिन्दी फिल्म चल्न नदिने घोषणा ग¥र्यो । राजधानीका धेरै हल बन्द भएका छन् । तर निर्वाध रुपमा भारतीय फिल्मका सिडीहरु आउँछन् त्यो घरमा हेर्न सकिन्छ । उनीहरुले आन्दोलनको प्रोपोगान्डाका लागि उचालेको अभियान मात्रै थियो । न यो माओवादीको स्वाधिनताको आन्दोलन हो न जनतालाई प्रभाव पार्ने । यो मात्रै सत्ता प्राप्तिको लागि माओवादीले विगतमा गरेको जस्तै सुरुङ आन्दोलनको घोषणा जस्तै हो । माओवादीका अधिकांश नेताहरु भारतीय गाडी चढ्छन् । टाटा, महिन्द्रा, मारुती कार चढेर भारत विरोधी आन्दोलन गर्नुको कुनै तुक छैन । की उनीहरुले खाली खुट्टा हिडेर आन्दोलन गर्नुप¥र्यो होइन भने तुक न वेतुकको आन्दोलन गर्नुको अर्थ छैन ।

No comments:

Post a Comment