Thursday, October 18, 2012

सरकारी कार्यालयः तलब पकाउने र पैसा कमाउने अड्डा

काठमाडौ –‘सरकारी काम कहिले जाला घाम’ यो उखान हाम्रा सरकारी कार्यालयमा सजिलै देख्न सकिन्छ । सरकारी कार्यालयमा बसेका कर्मचारी कहिल्यैपनि जनताप्रति उत्तरदायी बन्न सकेनन् । जुनसुकै सरकार आएपनि सरकारी कर्मचारीको व्यवहारमा कुनै परिवर्तन आउन सकेको छैन । कांग्रेस, एमाले, राजाको सक्रिय शासनदेखि माओवादीको सत्तासम्म पनि कर्मचारीको व्यवहार सेवाग्राहीलाई थर्काउने काम आलटाल गर्ने मात्रै छ । माओवादीले सरकारी कार्यालको चुस्तताको लागि पहल गर्ने दावी गरेको थियो । उसले मुलुकको सबै क्षेत्रमा आमूल परिवर्तनको लागि गरेको आन्दोलन मात्रै सत्ता प्राप्तिको थियो भन्ने कुरा धेरै अघि प्रमाणित भइसकेको छ । सरकारी कार्यालयमा कुनै काम लिएर जाँदा सबैभन्दा कर्मचारीको व्यवहारले दिक्कै बनाउने गरेको छ । अझ दसै चहलपहल सुरु हुनु अघि सरकारी कार्यालयमा काम लिएर जानु टाउको दुखाई लिनु मात्रै हो । बुधवार र विहिवार कामको सिलसिलामा तीन वटा कार्यालयमा जाँदा कर्मचारीले देखाएको व्यवहारले फर्किएर पनि ती ठाउँमा नजाउ जस्तो भएको छ । बुधवार नेपाल टेलिकममा कामको सिलसिलामा जाँदा उनीहरुले देखाएको व्यवहार उदेयकलाग्दो थियो ।
एउटा शाखाले गर्नुपर्ने कामलाई चार÷पाँच ठाउँमा पु¥याउने र फर्काउने काम गरियो । नेपाल टेलिकम सरकारको मात्रै होइन सर्वसाधरणको समेत लगानी भएको संस्था हो । तर त्यहाँ कार्यरत कर्मचारीको काम गराई १९ औं शताब्दीको जस्तो छ । सूचना प्रविधिको संस्थामा फाइलिङ सिस्टम अझैपनि कागजी छ । एउटा निकायमा पैसा बुझाएपछि त्यहीबाट सबै काम फत्ते भएर आउनुपर्नेमा शाखा÷शाखा धाउनुपर्ने अवस्था छ । टेलिकम भित्रको यही प्रवृतिका कारण निजी क्षेत्रको मोबाइल सेवा प्रदायकहरुले जित्न थालेको होला । निजी क्षेत्रको मोबाइल कम्पनी नेपालमा नभित्रिएको भए टेलिकमको हालत कस्तो हुन्थ्यो होला ? टेलिकमका कर्मचारीको व्यवहार कस्तो देख्न पाइन्थ्यो होला ? निजी क्षेत्रको प्रवेश हुनुअघि टेलिकमको सिम लिन मन्त्रीको तोक लगाउनुपर्ने अवस्था थियो । निजी क्षेत्रको प्रवेशअघि मोबाइल लिन महिनौ कुर्नुपर्ने अवस्था थियो । विहिवार सिंहदरवारको वैद्यखानामा आयुर्वेदिक औषधी किन्न जाँदा कर्मचारीनै भेटिएन । त्यहाँ औषधी किन्नेको भीड थियो । तर त्यहाँ कर्मचारी थिएनन् । सहकर्मी सुदर्शन सापकोटाले औषधी किन्न नपाएपछि वाहिर आयुर्वेदिक औषधालयबाट औषधी किनेर फर्किन बाध्य भइयो ।  वैद्यखानाको आयुर्वेदिक औषधीप्रति अझै पनि विश्वास छ । तर राजनीतिक हस्तक्षेपले यो वैद्यखाना आर्थिक संकटमा थियो । त्यसपछि लाइसेन्स हराएपछि कारवाही भए÷ नभएको प्रतिलिपि लिन सिंहदरवार ट्राफिक कार्यालय पुग्दा प्रतिलिपि नै पाइएन । आइतबार पत्र लिन बोलाएपनि काम विशेषले विहिवार पुग्दा पाइन् । त्यहाँ रहेका ट्राफिक प्रहरीले गरेको व्यवहार अझ जंगबहादुरको जस्तो थियो । तपाईहरु आइतबार आउनु भएन हराइसक्यो । अर्को फारम भरेर छोडिदिनुहोला ? पत्र किन हरायो भनेर सोध्दा आइतबार नआएकोले हरायो भन्ने जवाफ आयो । तर अर्का सेवाग्राहीलाई विहिवार(आजै)का दिन बोलाएपनि पत्र पाइएन । कर्मचारीको अभद्र व्यवहारले सेवाग्राहीलाई निराश बनाइरहेको छ । तर यसलाई हेर्ने निकायनै छैन । अधिकांश सरकारी कार्यालयमा यस्तै वेथिती छ । जनता प्रति उनीहरुको कुनै उत्तरदायी छैन । फगत तलब पकाउने र पैसा कमाउने अड्डाको रुपमा विकास भइरहेको छ ।

No comments:

Post a Comment