Sunday, November 25, 2012

रुविन मल बेचेको होइन नयाँ पार्टरन भित्र्याएका हौ– महतो

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो सधै चर्चामा रहन्छन् ।  पहिलेको सोभियत संघबाट   व्यावसायिक क्षेत्रमा प्रवेश स्थापित भइसकेका महतो पछिल्लो समय नेपालमा पनि व्यवसाय विस्तारमा लागेका छन् । यसमा उनले स्थानीय, गैर आवासीय नेपाली र विदेशी लगानीकर्तालाई पनि सँगसँगै लिएर अघि बढेका छन् । जन्मले नेपाली भएको नाताले मातृभूमिको आर्थिक तथा सामाजिक समृद्धिमा आफ्नो विशेष चासो रहेको महतो दाबी गर्छन । पछिल्लो समयमा उनले मस्कोमा रहेको सबैभन्दा बढी चल्ने रुविन मल राजनीतिक दबाबका कारण बिक्री गरेको चर्चा वाहिर आएको थियो । मुलुकको राजनीतिक वातावरण, लगानी विविधिकरण लगायतका बारेमा गरिएको कुराकानी

हालै सार्वजनिक भएको एक प्रतिवेदनअनुसार नेपालमा ‘बिजनेस कन्फिडेन्स’ न्यून भएको देखिन्छ । यस्तो अवस्थामा थप लगानी गर्न खोजिरहनुभएको छ ?
लगानी वातावरण विकसित मुलुक अमेरिका, बेलायतसँग दाँजेर हुँदैन । कम्बोडिया, लाओस र अफ्रिका लगायतका विकासोन्मुख मुलुकमा लगानी दुई किसिमले आउने रहेछ । विकासोन्मुख देशको एकदमै धनी मुलुक  अमेरिका, बेलायत, चीन लगायतका द्विपक्षीय सम्बन्धकै आधारमा ती मुलुकमा विदेशी लगानी ठूलो मात्रामा ल्याइदिन्छ र अन्तर्राष्ट्रिय बजारमा लबिङ पनि गर्छ । त्यसले गर्दा विदेशी लगानी बढी आउँछ र विश्वास बढेर आउँछ । यसले स्थानीय लगानी बढाउन सहयोग गर्छ ।  अर्को  भनेको जुन देशमा आफ्नै लगानीकर्तालाई प्रोत्साहित गर्ने र उनीहरुको विश्वास बढाउने हुन्छ । लगानीका लागि राजनीतिक अवस्था स्थायी पनि चाहिन्छ । तर त्यसलाई मात्रै जोड गर्दा कहिल्यै स्थायी पनि हुँदैन । राजनीति भनेको आर्थिक अवस्थाको प्रतिबिम्ब हो । राजनीतिक अवस्थाको प्रतिबिम्ब आर्थिक होइन । जबसम्म आर्थिक रुपमा बलियो हुँदैन राजनीतिक स्थिरता शान्ति र स्थिरताको कुरामा मात्रै रहन्छ र सैद्धान्तिक कुरा हुन्छ ।  नेपालको अहिलेको संक्रमणकालमा विदेशी लगानीकर्ताले लगानी गर्ने वा लबिङ गर्ने सम्भावना अत्यन्तै न्यून छ । यस्तो जटिल अवस्थामा  नेपालका लगानीकर्तालाई अलि बढी प्रोत्साहित गर्नुपर्छ । अर्को गैरआवासीय नेपालीहरु जसले विदेशमा लगानी र  सीप सिकेर लगानीको बारेमा बुझेका छन् । उनीहरुको लगानी र सीप भिœयाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ । स्वदेशी र गैरआवासीय नेपालीको लगानी आएमा विदेशी लगानी पनि आउँछ ।

तपाईले विदेशका धेरै स्थानमा लगानी गर्नुभएको छ । राजनीतिक संक्रमण भोगिरहेको नेपालले लगानी भिœयाउन कस्तो रणनीति अपनाउनुपर्छ ?
यस्तो बेलामा सबैभन्दा पहिला सरकारले आर्थिक एजेन्डा अघि बढाउनुपर्छ । लामो संक्रमणकाल भएकोले सरकारले आर्थिक एजेन्डालाई अघि बढाउनै सकेको छैन । सरकार भनेको आर्थिक एजेन्डालाई बढाउने हो । तर यहाँ भने संविधान बनाउने कुरामा सरकारले बढी ध्यान दियो वा व्यस्त भएको देखायो । सरकार र संविधान लेख्ने काम एउटैले गर्दा आर्थिक एजेन्डा अघि बढ्न सकेन् । संविधान लेख्ने काम संविधानसभाको थियो तर सरकार पनि संविधान लेखनमा जाँदा आर्थिक एजेन्डा ओझेलमा प¥यो । सरकारले लगानीको वातावरण बनाउन कुनै आर्कषक प्याकेज दिनुपर्छ । जस्तो पहिला भारतबाट जनकपुर, विराटनगर लगायतका सीमा क्षेत्रमा भारतका नागरिक चिनियाँ र जापानीज सामान किन्न आउँथे । तर अहिले भारतले लगानी खुल्ला गर्ने बित्तिकै अहिले हामीले भारतबाट सामान ल्याउन थालेका छौ ।  लगानीका लागि सरकारले दुई वटा विषयलाई सम्बोधन गरिदिनुपर्छ । सरकारले सडक निर्माण र बिजुली मुख्य एजेन्डा बनाउनुपर्छ ।  सरकारको लगानीबाट विजुली उत्पादन हुनसक्दैन ।  बिजुलीको लागि सरकारले न्यूनतम लक्ष्य तोक्नुपर्छ । सरकारले पाँच वर्षको लागि यति बिजुली चाहिन्छ भनेर त्यो समयमा उत्पादन गर्नेलाई यति भाउ दिन्छु भन्नुपर्छ ।  लगानीकर्ताको धेरै समय हुँदैन । लगानीकर्ताले विश्वका विभिन्न मुलुक दाँजेर लगानी गर्छ । लगानी भिœयाउनको लागि अहिले लगानीकर्तालाई घचघच्याउनुपर्छ । बिजुलीको अध्ययन गरेर कतिमा किन्ने भनेर किन बार्गेनिङ गर्ने ? मेरो उत्पादन खर्च कति लाग्यो भनेर किन सरकारको टाउँको दुखाई ? उत्पादन खर्च भन्दा निश्चित समयको लागि यति रकममा बिजुली किन्दिन्छु भन्यो भने लगानी आउँछ ।  निश्चित समयका लागि भनेर समय तोक्दा लबिङ गर्नेहरुले कागजमा किन्नेहरु पनि हुन्छन् त्यस्तालाई निरुत्साहित गर्न ठूलो जरीवानाको प्रावधान राख्नुपर्छ । यो प्रावधान राखेपछि झोलामा खोला हाल्ने प्रवृति पनि रोकिन्छ । त्यसपछि ट्रान्समिसन लाइनमा लगानी आउँछ । विदेशमा बिक्री गर्नको लागि बाटो खुल्छ । सडक र बिजुलीमा लगानी ल्याउने वातावरण गर्ने हो भने बजेट, टेन्डर र राजनीतिक सहमति गर्नेतर्फ लाग्ने प्रक्रिया रोकिनुपर्छ । सरकारलाई सबै अधिकार दिएपछि फेरी सहमतिको कुरा गर्नुको अर्थ छैन ।

नेपाल विद्युत प्राधिकरणको सुधार गरे लगानी आउँछ त ?
विद्युत प्राधिकरणको सुधार भनेको लामो प्रक्रिया हो । यो प्रक्रियामा जाँदा बिजुलीमा लगानी आउन धेरै समय लाग्छ ।
हामीले कुरा गर्दा २०५२मा सबैभन्दा बढी विदेशी लगानी आएको देखिन्छ । त्यो बेलामा भन्दा अहिले लगानीका लागि धेरै नीतिगत सुधार भइसकेको छ । लगानीमैत्री वातावरण बनाउँदा पनि लगानी किन आउन सकेको छैन ?
सरकारले अहिलेसम्म विदेशी लगानीको लागि खुल्ला रुपमा आह्वान गरेको मलाई लाग्दैन ।  बाहिरका लगानीकर्तालाई हामीले नेपालमा लगानी गर्न आऊ भन्नै अप्ठ्यारो छ । निश्चित क्षेत्रमा लगानीको लागि आग्रह गर्ने अवस्था नै छैन । अहिले जलविद्युतको लगानीको कुरा धेरै आउँछ । जलविद्युतकै कुरा गर्दा तपाईको सरकारले बिजुली कतिमा किन्छ भन्दा भन्न सकिने अवस्था छैन । सरकारले कुनै निश्चित परियोजनामा लगानी भनेर आह्वान समेत गरेको छैन । लगानी बोर्डले एक सय परियोजनालाई अघि बढाएको सुनेका छौ । हामीले यसलाई पर्खेर बसेका छौ ।
गैरआवासिय नेपालीले पनि विभिन्न परियोजनाको घोषणा गरेको थियो । त्यो परियोजना कति अघि बढे ?
सरकारले लगानी वर्षमा एक सय परियोजना अघि बढाएकोले हामीले परियोजना बन्द ग¥र्यो । एउटै काम दुई जनाले किन गर्ने भनेर हामीले बन्द गरेका हौं । हामी पनि लगानीबोर्ड र लगानी वर्षको बारेमा सुझाव र सहयोग गर्न तयार छौ ।  हामीलाई लगानी चाहिएको छ । कुन क्षेत्रमा कहाँ चाहिन्छ ? त्यो बारेमा हामीले तोक्नुपर्छ । कुनैपनि देशको विकासका लागि सरकारले नै लगानीको क्षेत्रको तोकिदिएको हुन्छ र लगानीकर्ता आउँछ ।
सरकारले लगानी क्षेत्र पहिचान त गरेको छ नी ?
नेपालमा १८÷२० घन्टा लोडसेडिङ छ ।  यतिधेरै लोडसेडिङ भएको देशमा आर्थिक गतिविधिको कुरा गर्नु रगत नभएको मान्छेलाई म्याराथनमा दौडाउने जस्तै हो ।

नेपालमा लगानीका लागि के गर्नुपर्छ त ?
सरकारले दुई वटा कुरा गर्नुपर्छ । सडक र बिजुलीमा आकर्षक प्याकेज दिनुपर्छ । सरकारले बिजुलीको मूल्य तोक्नुपर्छ ।  सडकमा टोल ट्याक्समा जानुपर्छ । त्यो नगरी हुँदैन । नेपालप्रति सद्भाव राख्ने विदेशी मित्रहरु धेरै छन् । उनीहरुसँग के माग्ने भन्ने छैन । सामान्य कुरा गर्दा ठोस परियोजना लिएर विदेशी लगानीकर्तासम्म जानै सकेका छैनौ ।
तपाईको विदेशी लगानीकर्तासँग धेरै कुराकानी हुन्छ । उनीहरुले नेपालमा लगानीको बारेमा के भन्छन् त ?
उनीहरुलाई हामीले परियोजना किटानी गर्नुपर्छ । परियोजना किटान नगरी लगानी गर्न आउँ भन्न सकिदैन ।
उनीहरुसँग परियोजना अध्ययन गर्ने समय हुँदैन । ठोस परियोजना आउनुपर्छ र आर्कषक प्रतिफल पनि । विदेशी मात्रै होइन नेपाली लगानीकर्तामा पनि पैसाको कमी छैन तर आत्मविश्वासको कमी छ ।

द्रूतमार्गमा तपाईहरुले पनि टेन्डरमा जान खोज्नुभएको थियो । तर किन पछि हट्नुभयो ?
हामी नेपालीको नाताले बढी सेन्टिमेन्ट हुन्छौ । हामी जति उत्साहित छौ । हाम्रा पार्टनरहरु हामी जस्तो सेन्टिमेन्ट हुँदैनन् । उनीहरुलाई ब्ल्याक एन्ड  ह्वाइटमा चाहिन्छ । उनीहरुले प्रतिफललाई पनि ध्यान दिन्छन् । त्यसैले त्यो परियोजनामा नगएका हौ ।
नेकपा–माओवादीले स्वदेशी लगानीले मात्रै जलविद्युत आयोजना अघि बढाउने भनेको छ । स्वदेशी पुँजीले मात्रै जलविद्युत आयोजना बनाउन सकिन्छ ?
कुनैपनि परियोजनामा हामीले स्थानीय लगानीकर्तालाई बढी प्रोत्साहित गर्नुपर्छ । तर यसो भन्दैमा अहिलेको युगमा विदेशी लगानी सीप, प्रविधि उपयोग गरिएन भने पछि परिन्छ । जसले पछिल्लो प्रविधि प्रयोग गरेका छन् त्यो मुलुक विकासको गतिमा अघि लम्किएको छ ।  विदेशी लगानी आउँदा स्वदेशी लगानीकर्ताको आत्मविश्वास पनि बढ्छ ।
गैरआवासिय नेपालीमा पुस्तान्तर हुँदै जाँदा नेपालमा लगानी नआउने सम्भावना बढ्छ की बढ्दैन ?
नेपालमा जन्मिएर विदेश गएका भन्दा विदेशमै जन्मिएकोमा नेपालप्रति माया कम हुन्छ । अहिलेको जेनेरेसनलाई नेपालसँग जोडौ भनेर हामी लागिरहेका छौ । नेपाललाई जोड्ने भनेको सबैभन्दा राम्रोे आर्थिक रहेछ । उनीहरुको नेपालमा एउटा घर, व्यापार भएमा यहाँ आउने र सम्बन्ध बढाउने सम्भावना हुन्छ । नेपाललाई बढी माया पनि गर्छन् । हाम्रै नेपाली विकसित मुलुकमा काम गरिरहेका छन् उनीहरु नेपालको ठूलो सम्पति पनि हुन् । उनीहरुको सीपलाई लगानीको रुपमा ल्याउन सक्छौ ।
कस्तो खालको प्रयास भइरहेको छ ?
दोहोरो नागरिकता दिने कुरा अघि बढिरहेको छ । धेरै नेपालीले विदेशमा नागरिकता लिएका छन् । विकसित मुलुकको नागरिकले नेपालको नागरिकता लिनु भन्ने गर्वको कुरा हो ।  विदेशको नागरिकता लिएकालाई नेपालको नागरिकता दिँदा कुनै घाटा हुँदैन । केही संवैधानिक व्यवस्था गरेर नागरिकता दिन सकिन्छ । कुनै संवैधानिक पदका लागि सीमा तोकेर नागरिकता दिन सकिन्छ ।
तपाईले सन् २००३मा थालेको गैरआवासिय नेपाली अभियानले सार्थकता पाउन नसकेको जस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । मैले अभियान सुरु गर्दा स्पस्ट अवधारणा तीनवटा कुरामा थियो । विश्वभर रहेका नेपालीलाई  चिनजानी गराउने । चिनाजानीले गर्दा एकअर्कामा सहयोग हुन्छ । यसमा हामी सफल भएका छौ । चिनजानीले नेपालीहरु बीचमा प्रतिस्पर्धा र व्यवसाय गर्न सजिलो भएको छ ।
पछिल्लो समयमा सबैभन्दा राम्रो स्थान र राम्रो चल्ने रुविन मल बिक्री गर्नुभएको कुरा बाहिर आएको छ । किन बिक्री गर्नुभयो ?
रसिया भनेको नेपालजस्तै मेरो कर्मभूमी हो । कच्चा माटो भाँडो भएर गएको थिए र राम्रो भाँडो भए । त्यो थलो कहिल्यै बदलिदैन । अहिले व्यवसायमा धेरै अवसरहरु आउँछन् । अहिले व्यवसायिक अवसरहरु विकसित मुलकमा भन्दा  विकासशील देशहरुमा बढी छन् । विकसित मुलुकमा लगानी गर्न सरल छ तर प्रतिफल कम छ । त्यसले गर्दा विकासशील मुलुकमा हामीले लगानी बढाइरहेका छौ । अहिले कम्बोडियामा र अफ्रिकामा हामीले लगानी बढाएका छौं ।
रुविन मल बिक्री गर्नुभएको होकी होइन ?
हामीले बेचेका होइनौ । पार्टनरसीप बढाएका हौं । केही नयाँ पार्टनरहरु आउनुभएको छ । त्यही पार्टनरहरुसहित संयुक्त लगानी बाहिर पनि गरेका छौ । राजनीतिक कारण केही पनि छैन । रसिया र बेलारुसमा राजनीति भन्दा बाहिर छौ ।
पछिल्लो समयमा वित्तीय संस्थामा लगानी बढाउँदै लैजानुभएको छ नी ?
कुनैपनि देशको आर्थिक विकासमा बैकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । राष्ट्र बैकले मर्जर नीति ल्याएको छ । हामीले स्वदेशमा मात्रै प्रतिस्पर्धा  गर्ने होइन अन्तर्राष्ट्रिय बजारलाई पनि हेर्नुपर्छ । विदेशको बजारलाई समेत हेरेर वित्तीय क्षेत्रमा हात हालेका हौं र अझै विस्तारमा जान्छौ । 
त्यही भएर माछापुच्छे« बैंकमा जानुभएको छ ?
यो बैकमा अरु बैक पनि मर्जमा पनि जान सक्छन् । विदेशी बैक पनि आउन सक्छन् । हामीले पुँजी बढाउन सक्छौ । नयाँ लगानी पनि आउँछ । विदेशी बैकसँग कुराकानी भइरहेको छ ।
तर माछापुच्छ« राम्रो भएको छैन नी ?
माछापुच्छ«ेमा पुराना समस्या धेरै थिए । पुराना समस्या करिब करिब समाधान भइसकेका छन् ।  बैक सकारात्मक रुपमा अघि बढिरहेको छ ।
लगानी बाहेक पनि सामाजिक कार्यमा तपाईको नाम आउँछ । कस्ता सामाजिक काम अघि बढाउँदै हुनुहुन्छ ?
विदेशमा गएर अपाङको परिवारको आफन्तलाई सीप विकास सम्बन्धी तालिम दिन पाँच करोड रुपैयाँको अक्षय कोष स्थापना गर्दैछु । सरकारको सहकार्यमा तालिम दिने र स्वरोजगार बनाउने मेरो योजना हो ।


No comments:

Post a Comment