Monday, November 5, 2012

डेढ अर्ब नपाए तिहारपछि तेल अभाव



काठमाडौं –इन्डियन आयल कर्पोरेसन(आइओसी)को बक्यौता बढ्दै गएपछि आयल निगमले सरकारसँग डेढ अर्ब रुपैयाँ माग्ने तयारी गरेको छ । सेप्टेम्बर, अक्टोबर र  नोभेम्बरसम्म आइओसीलाई डेढ अर्ब रुपैयाँ तिर्नुपर्ने भएपछि सरकारसँग रकम माग गर्न लागिएको हो ।‘तेल ल्याएको रकम बढ्दै गएपछि हामी उधारो तिर्न सरकारसँग माग्दैछौं,’ निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने । निगमले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक रकम माग गरेर पत्र पठाउँदैछ । ‘हामीले साउन, भदौ, असोजमा उपभोक्तालाई सहज रुपमा तेल आपूर्ति ग¥यो,’ उनले भने, ‘तिहारपछि तेलको सहज आपूर्तिका लागि हामीले रकम माग गर्न लागेका हौं ।’साउन, भदौ र असोजको मात्रै एक अर्ब रुपैयाँ रकम आइओसीलाई तिर्न बाँकी छ ।
बक्यौता तिर्न नसकेपछि निगमले स्टकमा रहेको तेल चलाएको थियो । अगस्टमा निगमले ३९ हजार किलोलिटर तेल स्टक गरेको थियो । त्यही स्टकबाट निगमले असोजमा मात्रै पाँच हजार किलोलिटर चलाएको थियो । ‘हामीले आइओसीलाई रकम तिर्नकै लागि स्टकमा भएको तेल चलाएका थियांै । तर अब स्टक चलाइरहने हो भने तेलको आपूर्ति गर्न समस्या हुनेछ,’ अग्रवालले भने, ‘स्टकमा रहेको तेल चलाउँदा कुनै सानो समस्या आउनेबित्तिकै तेलको अभाव हुन्छ ।’ उनले निगमसँग भण्डारण राम्रो भएकाले तीन महिनामा अभाव नभएको स्पस्ट पारे । तीन महिनाअघि निगमसँग १० हजार किलोलिटरको हाराहारीमा तेल हुन्थ्यो । निगमसँग तेल कम भएकाले एक दिन तेल आपूर्तिमा समस्या हुनेबित्तिकै उपभोक्ताले अभाव खेप्नुपथ्यो ।
‘तेल स्टक गर्ने समय’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र अमेरिकी डलरको भाउ अबमूल्यन भएकाले तेल ‘स्टक’ गर्ने समय उपयुक्त समय हो । अहिले निगमलाई खाना पकाउने ग्यास र एलपी ग्यासबाहेक अरु पेट्रोलियम पदार्थमा नाफा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको १ सय ५ डलरमा कायम भएको छ ।निगमको अहिलेको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ सय ९ अमेरिकी डलर बराबरको हो । ‘हामीले अन्तर्राष्ट्रिय बजारलाई हेरिरहेका छौं । कच्चा तेलको मूल्य घटबढ भइरहेको छ,’ निगमका कामु कार्यकारी निर्देशक अग्रवालले भने, ‘अहिलेको मूल्य हुने हो भने नोभेम्बर १५मा निगम नाफा घाटा बराबरमा हुनेछ । त्यसपछि हामीले तेलको स्टक गर्ने बारेमा सोच्नेछौं ।’निगमलाई अहिले डिजेलमा ३ रुपैयाँ १५ पैसा र ग्यासमा एक सिलिन्डरमा ५ सय ८ रुपैयाँ नोक्सानी छ । योबाहेक पेट्रोल , मट्टितेल र हवाई इन्धनमा क्रमशः११ रुपैयाँ ९२ पैसा, १० रुपैयाँ ७७ पैसा, २३ रुपैयाँ ९१ पैसा नाफा छ ।

No comments:

Post a Comment