
सरकारको मूल्यवृद्धिले आम जनतालाई थप आहत बनाएको छ । जनताको आयस्रोतमा कुनै सुधार भएको छैन । पूर्ण बजेट नआउँदा सरकारी कर्मचारीको तलब पनि बढेको छैन । सरकारले खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । खाद्यान्नको मूल्य बढेको बढ्यै छ । प्रधानमन्त्री बाबुराम भट्टराई मूल्य घटाउनको लागि दैनिक रुपमा निर्देशन दिन्छन् । तर आफै भने सरकारको स्वामित्वको आयल निगमलाई तेलको भाउ बढाउन निर्देशन दिन्छन् ।
आइतबार उनले वाणिज्य तथा आपूर्ति सचिव लालमणी जोशी र निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाललाई बोलाएर भाउ बढाउन निर्देशन दिए । तेलको मूल्य बढाएपछि खाद्यान्नको मूल्य घट्ने होइन बढ्छ । अब झन् जनताले महँगोमा खाद्यान्न किन्नुपर्नेछ । किनकी डिजेलको मूल्य बढ्ने वितिकै ढुवानी व्यवसायीले भाडा बढाउनेछ । यो भाडा बढेपछि खाद्यान्नको मूल्य बढ्छ ।
No comments:
Post a Comment