Monday, September 3, 2012

धिरेन्द्रका विश्वासपात्र सिताराम तेल क्षेत्रमा बदनाम

काठमाडौ, भदौ १९–सिताराम तिमिल्सिना तेल कारोबारमा बदनाम नाम हो । कुनै समय स्वर्गिय पूर्व अधिराज धिरेन्द्र शाहका विश्वासपात्र तिमिल्सिना जब पेट्रोलियम क्षेत्रमा प्रवेश गरे उनले यो व्यवसायलाईनै बदनाम गराउने काम गरिरहेका छन् । हेटौडाका सामान्य परिवारका तिमिल्सिना धिरेन्द्रकै छत्रछायाँमा बसेर केही रकम जोहो गर्न सफल भए । घिरेन्द्रले गर्ने सबै दुई नम्बरी काममा उनी संलग्न भए जसका कारण तिमिल्सिनाले व्यवसाय चलाउन सजिलो भयो । उनै सिताराम अहिले भने तेल कारोबारमा बलिया व्यक्ति हुन् । उनले आयल निगमका प्रत्येक कर्मचारीलाई आफ्नो हातमा लिन सफल भएका छन् । यति मात्रै होइन माओवादीका उच्चतहसम्म उनको प्रत्यक्ष सम्पर्क छ । उनले गरेका हरेक गलत कामको माओवादीको उच्च नेतृत्वबाटै संरक्षण हुने गरेको छ ।

उनले गलत काम गरेको प्रमाणसहित फेला पार्दा पनि सधै उम्किन सफल भइरहेका छन् । त्यसको एक मात्रै कारण हो माओवादीका उपत्यका इन्जार्च सागरको संरक्षण छ । यो वाहेक पनि एमालेको युवा संगठन नेपाल युवा संघलाई पनि संरक्षणमा पारेकै छन् । आयल निगमका उच्च अधिकारीहरु तेल कारोबारमा गलत काम गरेको प्रमाणसहित फेला पार्दापनि राजनीतिक तहबाट दबाबका आधारमा कारवाही नगरी चोख्याउनुपर्छ । पछिल्लो समयमा कालिमाटीमा सञ्चालनमा रहेको सीता केयर पेट्रोल पम्पमा पानी भेटियो । पानी सहितको पेट्रोल सवारी साधनमा हालेपछि सबै सवारी साधन विग्रिए । त्यसपछि उनको पम्पमा उपभोक्ताले गएर घेरे । प्रहरी उजुरीपछि यो पम्प अहिले बन्द छ । तर यो पम्पलाई कुनै कारवाही नगरी सञ्चालन गर्नदिने तयारीमा आयल निगम छ । आयल निगमले पम्प सरसफाई गरेर सञ्चालन गर्न दिने तयारी गरिरहेको छ । यही पम्पमा एक वर्षअघि निगमले स्विकृती नदिई राखिएको स्टोरेज ट्या‌की भेटिएको थियो । यति गम्भिर लापरवाही भेटिदा पनि किन कारवाही हुँदैन त? यसको स्पस्ट जवाफ निगमका अधिकारीबाटै पाउन सकिन्छ । उनलाई कारवाही गर्ने वितिकै माथिको आदेश आउँछ । यति मात्रै होइन निगम भित्रैपनि उनको तलब खाएर काम गर्ने कर्मचारीको कमी छैन । त्यही कर्मचारीले तिमिल्सिनाको कारवाही फुकवाका लागि दबाब दिन्छन् ।

No comments:

Post a Comment