काठमाडौ –नियमन निकाय शक्तिशाली हुन्छ र हुनैपर्छ । त्यसमा पनि नेपालजस्तो अल्पविकसित देशमा नियमन निकायको भूमिका अझ महत्वपूर्ण हुन्छ । नियमन निकाय बलियो हुँदा सर्वसाधरणको लगानी पनि डुब्दैन । यसको पछिल्लो उदाहरण हो एभरेष्ट इन्स्योरेन्समा विमा समितिले लिएको अडान । समितिले एभरेष्ट इन्स्योरेन्सका सञ्चालकले गरेको गैरकानुनी कामका विरुद्धमा कारवाही प्रक्रिया अगाडी बढायो । यो कारवाही प्रक्रियाका अगाडी एभरेष्ट सञ्चालक झुक्न बाध्य भए । एभरेष्ट आजदेखि सञ्चालनमा आएको छ । यसका लागि समितिको वर्तमान टीम धन्यवादको पात्र हुन् । उनीहरुको अडानकै कारण सनकको भरमा कम्पनी बन्द गर्ने सञ्चालकहरुलाई सबक भएको छ भने राजनीतिक संक्रमणको फाइदा उठाउन चाहनेहरु निरुत्साहित भएका छन् । कुनै पनि उद्योग व्यवसाय सञ्चालनको बाधक ठान्ने कतिपय उद्योगपतिले त्यही संक्रमणको फाइदा उठाउन खोज्दा रहेछन् भन्ने एभरेस्ट बन्द प्रकरणलाई लिन सकिन्छ । तर नियमन निकाय बलियो हुँदा त्यस्ता गैरकानुनी काम गर्न खोज्नेहरु पनि नियम र कानुनमा बाँधिन बाध्य हुँदा रहेछन् भन्ने यसले पुष्टी भएको छ । एभरेष्ट बन्दको समितिले ल्याएको सुशासन सम्वन्धी निर्देशिका थिएन ।
एभरेस्टका तात्कालिन अध्यक्ष एंव हिमालयन स्न्याक्सका अध्यक्ष राजेन्द्र खेतानलाई कारवाही मात्रै मुख्य र अन्तिम कारण थियो ।उनको कम्पनी हिमालयन स्न्याक्समा आगलागी भएपछि विमा सर्वेयरको प्रतिवेदन नआउँदै चार करोड रुपैयाँ लिएका थिए । सर्वेयरको प्रतिवेदन नआउँदै रकम लिनु विमा ऐन विपरित हो । ऐन विपरित काम गरेका दुबै संस्थाका अध्यक्ष रहेका खेतानलाई कारवाही गर्ने समितिको निर्णय जायज थियो । तर यही जायज कुरालाई मनगढन्ते बनाउँदै कम्पनी बन्द गरेर आफ्नो साख बचाउन खोजियो । कम्पनी बन्दको निर्णयले खेतानको साख बढेन बरु घटायो । सर्वसाधरणको विश्वास खेतानबाट झन् हट्यो । सर्वसाधरणको लगानी भएको कम्पनी बन्द गर्दा त्यसले समाजमा झन् नराम्रो छाप रहन पुग्यो । तर नियमन निकाय भने राजनीतिक संक्रमणमा पनि बलियो रहेको सावित भयो । सर्वसाधरणमा सार्वजनिक(पब्लिक) कम्पनीको विश्वास पनि कायम भयो । कम्पनी बन्दको निर्णय सदर भएको भए कुनै पनि सर्वसाधरणले पब्लिक कम्पनीमा लगानी गर्दैनथे वा विश्वास हुँदैन्थ्यो । एभरेस्ट इन्स्योरेन्स झन्डै सवा अर्बको कम्पनी हो । यसमा सर्वसाधरणको ३२ करोड लगानी थियो । यो कम्पनी कुनै एउटा व्यक्तिलाई कारवाही गरेको भरमा बन्द गर्नु सनकी काम थियो । यो मात्रै समितिलाई धम्क्याएर आफु चोखो रहेको प्रमाणित गर्न केही सञ्चालकहरुले चाहेका थिए । कम्पनी बन्द गर्ने निर्णय भएको दिन केही सञ्चालकहरुले असहमति पनि जनाएको स्रोतको दावी छ । धेरै निर्णय सञ्चालक समितिमा नआई अध्यक्षकै भिटो प्रयोग भएको समेत थाहा हुन आएको छ । एभरेस्ट इन्स्योरेन्स बन्द प्रकरण सकिएपनि समितिले यसले गर्ने काम कारवाही भने नजिकबाट नियाल्न जरुरी छ
No comments:
Post a Comment