Saturday, October 6, 2012

उपभोक्तालाई राहत होइन आहत मात्रै

काठमाडौ– आयल निगमको भारी हलुको हुन्छकी हुँदैन अर्को महिना  इन्डियन आयल कर्पोरेसन(आइओसी)ले पठाएको मूल्यसूचीबाट थाहा होला । तर अन्तर्राष्ट्रिय बजारमा भने कच्चा तेलको मूल्य लगातार घटिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर शनिबार ब्रेन्ट आयल एक ब्यारलको १ सय ११ डलर ८४ सेन्टमा कायम भएको छ । केही अघिसम्म कच्चा तेलको मूल्य १ सय १७ डलरको हाराहारीमा पुगेको थियो । पछिल्लो समयमा डलर निरन्तर अवमूल्यन भएको छ । यसले पनि आयल निगमलाई राहतनै भएको छ । शनिबार एक डलर बराबर ८२ रुपैयाँ ८९ पैसा तोकिएको छ । तीन महिना अघि डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ घट्दा निगमलाई राहत भएपनि आम उपभोक्तालाई भने कुनै राहत हुनेछैन । राहतका लागि सरकारले दीर्घकालिन नीति नबनाई हुँदैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा घटाउने र बढ्दा बढाउने दीर्घकालिन नीति अख्तियार गर्नुपर्छ । तर सरकारी निकाय स्वचालित मूल्य संयन्त्र कार्यान्वयनमा ल्याउनै चाहँदैनन् । उनीहरु निगमको नोक्सानी देखाउँदा फाइदा छ । नोक्सानी हुँदा निगमका कार्यकारी निर्देशकले काम गरेको पनि देखिएको छ । नभए निगमका कार्यकारी निर्देशकले कुनै काम पाउँदैनन् । नोक्सानीमा गएको संस्थानलाई सरकारले हेर्ने कुरा पनि भएन । सरकारले नहेरेपछि निगमका कर्मचारीलाई रामराज्य । उनीहरु यही रामराज्य गुम्ने डरले पनि स्वचालित मूल्य संयन्त्रमा जान चाहदैनन् । निगमलाई हेर्ने वाणिज्य मन्त्रालयलाई पनि यही रामराज्यमा रमाइरहेको छ । सरकारी संयन्त्रले लिएको यही नीतिले आम उपभोक्ताले कुनै राहत पाउँदैनन् । तीन वर्षअघि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एक ब्यारलको ४० डलरमा झ¥र्यो । यसरी मूल्य झ¥र्दा निगमलाई फाइदा भयो । निगमका कर्मचारीले यही मौकामा बोनस खाने दाउ पनि रचे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४० डलर हुँदा निगमले ७०को हाराहारीमा तेल बेचेर साढे तीन अर्ब कमायो र त्यसबाट १८ करोड रुपैयाँ बोनस खाने दाउमा लागे । निगमका कर्मचारीहरु पनि यस्तै दाउमा लाग्ने भएकोले निगमको सुधार हुन सकेको छैन यसले जनतालाई राहत होइन आहत मात्रै पाएका छन् ।

No comments:

Post a Comment