Monday, September 3, 2012

धिरेन्द्रका विश्वासपात्र सिताराम तेल क्षेत्रमा बदनाम

काठमाडौ, भदौ १९–सिताराम तिमिल्सिना तेल कारोबारमा बदनाम नाम हो । कुनै समय स्वर्गिय पूर्व अधिराज धिरेन्द्र शाहका विश्वासपात्र तिमिल्सिना जब पेट्रोलियम क्षेत्रमा प्रवेश गरे उनले यो व्यवसायलाईनै बदनाम गराउने काम गरिरहेका छन् । हेटौडाका सामान्य परिवारका तिमिल्सिना धिरेन्द्रकै छत्रछायाँमा बसेर केही रकम जोहो गर्न सफल भए । घिरेन्द्रले गर्ने सबै दुई नम्बरी काममा उनी संलग्न भए जसका कारण तिमिल्सिनाले व्यवसाय चलाउन सजिलो भयो । उनै सिताराम अहिले भने तेल कारोबारमा बलिया व्यक्ति हुन् । उनले आयल निगमका प्रत्येक कर्मचारीलाई आफ्नो हातमा लिन सफल भएका छन् । यति मात्रै होइन माओवादीका उच्चतहसम्म उनको प्रत्यक्ष सम्पर्क छ । उनले गरेका हरेक गलत कामको माओवादीको उच्च नेतृत्वबाटै संरक्षण हुने गरेको छ ।

विवादको घेरामा तानिदै खेतान

राजेन्द्र खेतान
काठमाडौ,  भदौ १८–खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतानले दुई वर्षअघि गोर्खा बुअ्ररी बिक्री गरेपछि भनेका थिए ‘अब हामी सेवामूलक क्षेत्रमा लगानी गर्छौ ।’ अस्पताल, वैक तथा वित्तिय संस्थामा हामी केन्द्रित हुनेछौ ।’ उनले दुई वर्षअघि गरेको घोषणा अनुसार अहिलेसम्म कुनै परियोजना अघि बढ्न सकेको छैन ।

Sunday, September 2, 2012

प्रधानमन्त्रीको दोहोरो चरित्र, आफु बढाउने व्यवसायीलाई दबाब दिने

काठमाडौ, भदौ १८–आखिर सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाइहाल्यो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै यो सरकारले सबै पेट्रोलियम पदार्थको मूल्य बढायो । कम्युनिस्ट प्रधानमन्त्री भएको बेला निम्न र मध्यमवर्गलाई मारमा पर्ने गरी मूल्य बढाएको छ । निगमले आइतबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढायो । पेट्रोलमा ५ रुपैयाँ ,डिजेल र मट्टितेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ११ रुपैयाँ मूल्य बढाएको छ भने एलपी ग्यासमा एक सिलिन्डरमा ५५ रुपैयाँ मूल्य बढाएको छ ।

को को छन् कमोडिटीमा सधै कारोबार गर्ने ?

विगत पाँच वर्षमा फष्टाएको कमोडिटी एक्सचेन्जको अवैध कारोबारका पर्दा अहिले आएर खुल्न थालेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता सुरु गरेका सबै कमोडिटी एक्सचेन्जले आफुले मनग्गे कमाउने तर लगानीकर्ताले गुमाउने मात्रै भए ।

अर्थसचिवको दोहोरो चरित्र, प्रतिवेदन थन्क्याएर वाहिर चर्का भाषण

काठमाडौं, भदौ १७
अर्थसचिव कृष्णहरी बास्कोटाले केही ठूला सहकारीले बैक जस्तै गरी सहकारी चलाएको आरोप लगाउँदै ती सहकारीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ठूला बचत तथा ऋण सहकारीले ५० करोड भन्दा बढीको कारोबार गरिरहेको बताएका छन् । हिजो राजधानीमा एउटा सहकारीको वार्षिकोत्सबमा उनले यो प्रतिवद्धता गरेका हुन् ।
सहकारीमा धेरै ठूलो वेथिती हुँदा पनि अर्थसचिवको हैसियतले प्रभावकारी काम भएको पाइएको छैन । अर्थमन्त्रालय, राष्ट्र बैक र सहकारी विभागले एक वर्षअघि गरिसकेको अध्ययन अर्थमन्त्रालयमा थन्किएको छ । तर सहकारीको सिद्धान्त र मर्म विपरित काम गर्ने कुनै सहकारीलाई कारवाही भएको छैन बरु ढाडस दिने काम भएको छ ।
एक वर्षको अवधिमा ती सहकारीले वित्तिय अनुशासनमा बसेका छैनन् बरु केही सहकारीका सञ्चालक पैसा लिएर भागिसकेका छन् । तर अर्थसचिव बास्कोटाले अझै पनि सार्वजनिक मञ्चमा भाषण गर्दै चेतावनी दिन भने भ्याएकै छन् ।
अर्थसचिवज्यू यसरी भाषण दिनुको साटो धुलो लागेको प्रतिवेदन खोलेर अनुशासन तोडेका सहकारी सञ्चालकलाई कारवाही गर्नुहोस् । होइन भने लोकप्रियताको ढ्वाङ फुकेर नबस्नुहोला । एक वर्षअघि अध्ययन गर्दा देखिएका सहकारी संस्थाको हालत यस्तो थियो ।

Saturday, September 1, 2012

तयार हुनुहोस् तेलको मूल्यवृद्धि सहन

काठमाडौ, भदौ १६-तपाई हामी खाद्यान्नको मूल्यवृद्धिको मारमा थियौ । अब फेरी सवारी भाडाको मारमा पर्नेछौ । सरकारले तेलको भाउ बढाउन लागेको छ । यसले हाम्रो भान्छा थप महँगिनेछ । अहिले सामान्य जनताले आम्दानीबाट खानलगाउन नसक्ने अवस्था छ । फेरी तेलको मूल्य बढ्यो भने निम्न र मध्यमस्तरका लागि जिउँन मुस्किल हुनेछ ।

पहिलाकै प्रतिवद्धताको बेहाल, गैरआवासीयको अर्को प्रतिवद्धताको के होला हाल

काठमाडौ
सातौ गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा १४ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले दुःख पाउने क्रम नरोकिएको भन्दै वैदेशिक रोजगारी गाइडबुक नेपालका सबै गाविसमा निशुल्क वितरण गर्ने निर्णय गरेको छ । यो गाइडबुक गैर आवासीय नेपाली संघले तयार पारेको हो । गैरआवासीय नेपालीले जारी गरेको घोषणापत्र यो मात्रै होइन । यसअघि धेरैपटक धेरै प्रतिवद्धता जारी गरेका छन् । तर व्यवहारमा भने धेरै कम मात्रै कार्यान्वयनमा आएका छन् । संघले भन्दा केही सिमित व्यक्तिले नेपालको विकासमा महत्वपूर्ण भूमिका निभाएका छन् । केही व्यक्तिले सामाजिक कामलाई तीब्रता दिएका छन् । तर आलोचकहरुले सामाजिक कामको लागि आवासिय नेपालीनै काफी छन् गैर आवासीय नेपालीले ठूला लगानी र सीप भियाउनुपर्छ । त्यस्तो लगानीबाट मात्रै मुलुकमा रोजगारी र आर्थिक विकासमा सघाउ पु¥याउँछ ।