
महाबौद्ध लगायत चिनियाँ सामान आयात गर्ने व्यवसायीले ती सामान ल्याएर तिहारको दुई साताअघि देशका विभिन्न क्षेत्रमा बिक्री गर्नुपर्छ । ‘तिहार आउन अब केही दिनमात्रै बाँकी छ । चीनबाट आएका सामान खासामै थन्किएपछि एक वर्षलाई ती सामान बिक्री गर्न पाइँदैन,’ श्रेष्ठले भने, ‘सामान आउन नसकेर व्यवसायीको करोडांै रुपैयाँ फसेको छ ।’ उनका अनुसार कतिपय व्यवसायीले गत वर्षको इलोक्ट्रोनिक्स सामान बिक्री गरिरहेका छन् । ‘गत वर्षको तिहारमा बाँकी रहेका सामान बिक्री गर्न बाध्य छन् । यसलाई धेरै व्यवसायी मारमा परेका छन्,’ उनले भने । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाईले चीनले सुरक्षाका कारण कन्टेनर कम पठाएकाले समस्या भएको जानकारी दिए ।‘उनीहरुले नै सुरक्षाका लागि केही दिन कन्टेनर रोकिदिनुप¥यो भनेकाले सामान आउन नसकेको हो । तर आजदेखि कन्टेनर जान दिने सहमति गरेका छन्,’ उनले भने, ‘सामान बोक्ने सामान जान दिने वितिकै समस्या हल हुन्छ ।’ उनले सामान बोक्ने सामान चीनतर्फ जान दिन थालेपछि तिहार र जाडोका सामान आउन थाल्नेछन् । ‘चीनले सुरक्षाका कारण कडाई गरेकाले मात्रै होइन स्याउ बोकेका कन्टेनर बढी आएकोले पनि समस्या भएको हो,’ चौलागाईले भने । चीनले आइतबारदेखि सर्वसाधरणलाई मंसिर १० गतेसम्मका खासातर्फ जान रोक लगाएको छ । चीनले जारी गर्ने एक दिने प्रवेश अनुमतिपत्र रोकेको छ । कंग्रेसको महाधिवेशन नोभेम्बर ८ देखि सुरु हुँदैछ । यही महाधिवेशनमा चीनतर्फ ‘फ्री तिब्बत’को अभियान हुने आंशकामा सर्वसाधरणलाई रोक लगाएको हो । चीनको ल्हासास्थित सीमा सुरक्षा नियन्त्रण विभागद्वारा आयोजित बैठकमा सुरक्षाका कारण तातोपानी नाकाबाट हुने व्यापारिक कारोबारमा भने नरोक्ने सहमति गरेका थिए
No comments:
Post a Comment