Tuesday, February 26, 2013

भारतले किन काट्यो तेल ?

इन्डियन आयल कर्पोरेसन(आइओसी)ले झन्डै डेढ अर्ब रुपैयाँ उधारो पुगेपछि नेपालमा पेट्रोलियम पदार्थ कटौती गरेको छ। पछिल्लो केही महिनादेखिको रकम खापिएर डेढ अर्ब पुगेपछि आइओसीले सोमबारदेखि सबै पेट्रोलियम पदार्थ २५ प्रतिशत कटौती गरेको हो। स्रोतका अनुसार अहिलेको पेट्रोलियम कटौती 'रणनीतिक' मात्रै हो।'निगमले विगतमा मूल्य बढाउन आइओसीलाई नै पेट्रोलियम पदार्थ कटौती गर्न आग्रह गर्थ्यो। अहिले पनि ग्यासको दोहोरो मूल्य बढाएर सरकारले फिर्ता गरेको छ,' स्रोतले भन्यो, 'यो रणनीतिक रुपमा दबाबका लागि यस्तो गरिएको हुनसक्छ।' विगतमा पटक/पटक पेट्रोलियम पदार्थको अभाव सिर्जना गराएर उपभोक्तालाई मानसिक रुपमा तेलको मूल्य बढाउन तयार गराउने परिस्थिति सिर्जना गराइएको थियो।

Monday, February 25, 2013

मान्जा द क्लब र स्कोडा यापिड कुन किन्ने ?


काठमाडौं– सिप्रदी ट्रेडिङ र स्कोडाको आधिकारिक वितरक (मोरङ अटो वक्स) एमएडब्लु इन्टरप्राइजेजले एकैदिन सेडान क्लासको कार बजारमा ल्याएका छन् । सिप्रदीले टाटाको मान्जा द क्लब क्लास सेडान कार र एमएडब्लुले स्कोडाको डिजेल भर्सनको ¥यापिड गाडी ल्याएको छ । टाटा मान्जा भन्दा यापिडको मूल्य भने महँगो छ । एकै पटक ल्याइएको दुवै कारले बजारमा कसरी आफ्नो प्रभुत्व देखाउने हो हेर्न बाँकीनै छ । मान्जा द क्लब क्लास सेडान कार युवापुस्तालाई लक्ष्य गरेर निर्माण गरिएको हो । कम्पनीका अनुसार नयाँ जमानाका व्यक्तिहरुका लागि डिजाइन गरिएको यो कार आकर्षक स्टाइलमा मानिस र मेसिनवीचको सर्वश्रेष्ठ अन्तत्र्रिmया र गुणस्तरीय क्लास क्याबिन स्पेसको संयोग हो । नयाँ र आकर्षकखालका इन्टेरियर र आधुनिक प्रविधिले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ । टाटा मोटर्सका लागि नेपाल र भुटानका आवासीय प्रबन्धक गुरिन्दर सिंहका अनुसार कार फुल अटोमेटिक एयर कन्डिसन, फस्र्ट इन क्यास टच स्क्रिन, मल्टी मिडिया प्लेयर र जिपिएस नेभिगेसन सिस्टम छ ।

दलका युवा स्वरोजगार बनाउने काईदा

काठमाडौं– युवा स्वरोजगार कोष । नाम अनुसार बेरोजगार युवालाई स्वरोजगार बनाउने  हो तर यसले दलका युवा मात्रै स्वरोजगार बने त्यो पनि केही समयका लागि । पैसा पाउने दलका युवा भएपछि न रोजगार गर्नुपर्ने न रकम देखाउनुपर्ने । अहिले स्वरोजगार कोषको रकम यसरीनै खर्च भएको छ । यसलाई न अख्तियारले हेर्छ न अरु निकायनै छ । विपक्षी दलहरु केही विरोध गरेजस्तो गर्छन् अनि ठूलाबडा नेता आफ्नै कार्यकर्तालाई रकम दिलाउन आफै जान्छन् ।

Sunday, February 24, 2013

यस्तो पो ग्यास सिलिन्डर

काठमाडौं– अहिले प्रयोग भइरहेको ग्यास सिलिन्डर दुर्घटनामा परेर विस्फोट भए कति क्षति होला ? एउटा सिलिन्डर विस्फोट हुँदा राम्रोसँग बनाएको(आरसीसी) भएको घरनै भत्किनसक्छ । ग्यास सिलिन्डर बमको रुपमा लिइन्छ । अहिले प्रयोग भएको सिलिन्डर फलामको हो । धेरै क्षति हुने भएकोले विकसित मुलुकले फलामे सिलिन्डर प्रयोगमा ल्याउन छाडेका छन् । अहिले विकसित मुलुकमा फाइबर(कम क्षति) हुने सिलिन्डरको प्रयोग गर्छन् । तर हामी भने घरनै भत्काउने सिलिन्डर प्रयोग गरिरहेका छौ । तर नेपालमा पनि अब फाइबर सिलिन्डरमा ग्यास ल्याउन बाटो खुल्ला भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले फाइबर सिलिन्डरको गुणस्तर मापदण्ड तयार गरेपछि अब कुनै पनि कम्पनीलाई फाइबर सिलिन्डर बजार ल्याउन खुला भएको हो ।

Saturday, February 23, 2013

मुख्यसचिवको आडमा दश महिना केही नगरी विताए यीनले

काठमाडौं– राजनीतिक दबाबमा ग्यास कार्ड वितरणको जिम्मा पाएको ग्यास बिक्रेता महासंघ कार्ड बाँड्न असफल भएको छ । तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको दबाबमा महासंघले कार्ड वितरण गर्ने जिम्मा पाएको थियो । यो जिम्मा पाउँदा महासंघको कुनै हैसियत थिएन र अहिलेसम्म बनाउन सकेको पनि छैन । पुतलीसडकको दुईवटा कोठामा सिमित रहेको यो महासंघले देशव्यापी रुपमा कार्ड वितरणको जिम्मा दिनुनै गलत थियो । प्राविधिक र पूर्वाधारको रुपमा महासंघको कुनै हैसियत पनि छैन । ग्यासमा अनुदान दिनेजस्तो दीर्घकालिन महत्व राख्ने निर्णयमा कानुनी, प्राविधिक र पूर्वाधार नभएको संस्थालाई जिम्मा दिएकै कारण सरकारले केही दिन अघि लागु गरेको दोहोरो मूल्य फिर्ता लिनुपर्ने अवस्था आएको थियो ।

तपाई पनि चढ्ने हो साइकल जस्तो मोटरसाइकल ?

काठमाडौं– हेर्दा साइकल जस्तो । तर यो साइकल नभएर मोटरसाइकल हो । त्यो पनि जर्मनीमा बनेको । यो मोटरसाइकल नेपाल आउँदैछ । युवापुस्ताको रुचीलाई हेरेर यो मोटरसाइकल साःख ग्रुपले ल्याउँदैछ । स्टाइलिस यो मोटरसाइकलमा युवापुस्ताको चासो बढेको छ । जर्मनी मोटरसाइकल साच्स म्याडएस बुधबार नेपाल भित्रिने भएको छ ।  आधिकारिक बिक्रेता इको अटोले बुधबार नेपाली बजारमा यो मोटरसाइकल भिœयाउनेछ भने मार्चबाट मात्रै बिक्री सुरु हुनेछ । इको अटो साःख ग्रुप अन्तर्गतको कम्पनी हो । म्याड्स विश्वकै पुरानो मोटरसाइकल उत्पादक कम्पनी जर्मन अटोमेटिभ कम्पनीले उत्पादन गर्दै आएको छ ।‘बुधबारसम्म यो मोटरसाइकल नेपाल आउनेछ ।

साढे चार अर्बको चामल कता जान्छ ?


काठमाडौं– झन्डै साढे सात लाख खाद्यान्न बचत छ । यतिधेरै खाद्यान्न बचत भएपनि चामलको आयात भने आश्चर्यजनक रुपमा बढेको छ । ६ महिनाको अवधिमा चामलको आयात ४ अर्ब १९ करोड रुपैयाँको भएको छ । यतिधेरै चामल आयात भएर कहाँ जान्छ ? स्रोतका अनुसार भारतबाट आएको चामल चीनतर्फ जान्छ । रातीको समयमा सिन्धुपाल्चोकको बाटो हुँदै चामल चीनको स्वशासित तिब्बतमा जान्छ । विगतदेखि भारतबाट आएको मुसुरोको दाल बंगलादेश निकासी हुँदै आएको छ । यो क्रम अहिले चीनमा देखिएको छ । नेपाली व्यवसायीले यसैगरी आफुलाई व्यापारीको रुपमा देखाउने भए । नेपालका उद्योगीले उद्योग स्थापना गरेर होइन भारतमा भन्सार दर सस्तो या महँगो हुँदा हुने मार्जिनबाट मात्रै मुनाफा लिनेमा चिनिन्छन् । चामलको श्रृंखला त्यसैको हो । चालू आर्थिक वर्षको ६ महिनामा भारतबाट कृषिजन्य वस्तुको आयात व्यापक बढेको छ । यस अवधिमा चामल, तरकारी र फलफूल आयात बढेको हो ।