Monday, February 25, 2013

दलका युवा स्वरोजगार बनाउने काईदा

काठमाडौं– युवा स्वरोजगार कोष । नाम अनुसार बेरोजगार युवालाई स्वरोजगार बनाउने  हो तर यसले दलका युवा मात्रै स्वरोजगार बने त्यो पनि केही समयका लागि । पैसा पाउने दलका युवा भएपछि न रोजगार गर्नुपर्ने न रकम देखाउनुपर्ने । अहिले स्वरोजगार कोषको रकम यसरीनै खर्च भएको छ । यसलाई न अख्तियारले हेर्छ न अरु निकायनै छ । विपक्षी दलहरु केही विरोध गरेजस्तो गर्छन् अनि ठूलाबडा नेता आफ्नै कार्यकर्तालाई रकम दिलाउन आफै जान्छन् ।

Sunday, February 24, 2013

यस्तो पो ग्यास सिलिन्डर

काठमाडौं– अहिले प्रयोग भइरहेको ग्यास सिलिन्डर दुर्घटनामा परेर विस्फोट भए कति क्षति होला ? एउटा सिलिन्डर विस्फोट हुँदा राम्रोसँग बनाएको(आरसीसी) भएको घरनै भत्किनसक्छ । ग्यास सिलिन्डर बमको रुपमा लिइन्छ । अहिले प्रयोग भएको सिलिन्डर फलामको हो । धेरै क्षति हुने भएकोले विकसित मुलुकले फलामे सिलिन्डर प्रयोगमा ल्याउन छाडेका छन् । अहिले विकसित मुलुकमा फाइबर(कम क्षति) हुने सिलिन्डरको प्रयोग गर्छन् । तर हामी भने घरनै भत्काउने सिलिन्डर प्रयोग गरिरहेका छौ । तर नेपालमा पनि अब फाइबर सिलिन्डरमा ग्यास ल्याउन बाटो खुल्ला भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले फाइबर सिलिन्डरको गुणस्तर मापदण्ड तयार गरेपछि अब कुनै पनि कम्पनीलाई फाइबर सिलिन्डर बजार ल्याउन खुला भएको हो ।

Saturday, February 23, 2013

मुख्यसचिवको आडमा दश महिना केही नगरी विताए यीनले

काठमाडौं– राजनीतिक दबाबमा ग्यास कार्ड वितरणको जिम्मा पाएको ग्यास बिक्रेता महासंघ कार्ड बाँड्न असफल भएको छ । तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको दबाबमा महासंघले कार्ड वितरण गर्ने जिम्मा पाएको थियो । यो जिम्मा पाउँदा महासंघको कुनै हैसियत थिएन र अहिलेसम्म बनाउन सकेको पनि छैन । पुतलीसडकको दुईवटा कोठामा सिमित रहेको यो महासंघले देशव्यापी रुपमा कार्ड वितरणको जिम्मा दिनुनै गलत थियो । प्राविधिक र पूर्वाधारको रुपमा महासंघको कुनै हैसियत पनि छैन । ग्यासमा अनुदान दिनेजस्तो दीर्घकालिन महत्व राख्ने निर्णयमा कानुनी, प्राविधिक र पूर्वाधार नभएको संस्थालाई जिम्मा दिएकै कारण सरकारले केही दिन अघि लागु गरेको दोहोरो मूल्य फिर्ता लिनुपर्ने अवस्था आएको थियो ।

तपाई पनि चढ्ने हो साइकल जस्तो मोटरसाइकल ?

काठमाडौं– हेर्दा साइकल जस्तो । तर यो साइकल नभएर मोटरसाइकल हो । त्यो पनि जर्मनीमा बनेको । यो मोटरसाइकल नेपाल आउँदैछ । युवापुस्ताको रुचीलाई हेरेर यो मोटरसाइकल साःख ग्रुपले ल्याउँदैछ । स्टाइलिस यो मोटरसाइकलमा युवापुस्ताको चासो बढेको छ । जर्मनी मोटरसाइकल साच्स म्याडएस बुधबार नेपाल भित्रिने भएको छ ।  आधिकारिक बिक्रेता इको अटोले बुधबार नेपाली बजारमा यो मोटरसाइकल भिœयाउनेछ भने मार्चबाट मात्रै बिक्री सुरु हुनेछ । इको अटो साःख ग्रुप अन्तर्गतको कम्पनी हो । म्याड्स विश्वकै पुरानो मोटरसाइकल उत्पादक कम्पनी जर्मन अटोमेटिभ कम्पनीले उत्पादन गर्दै आएको छ ।‘बुधबारसम्म यो मोटरसाइकल नेपाल आउनेछ ।

साढे चार अर्बको चामल कता जान्छ ?


काठमाडौं– झन्डै साढे सात लाख खाद्यान्न बचत छ । यतिधेरै खाद्यान्न बचत भएपनि चामलको आयात भने आश्चर्यजनक रुपमा बढेको छ । ६ महिनाको अवधिमा चामलको आयात ४ अर्ब १९ करोड रुपैयाँको भएको छ । यतिधेरै चामल आयात भएर कहाँ जान्छ ? स्रोतका अनुसार भारतबाट आएको चामल चीनतर्फ जान्छ । रातीको समयमा सिन्धुपाल्चोकको बाटो हुँदै चामल चीनको स्वशासित तिब्बतमा जान्छ । विगतदेखि भारतबाट आएको मुसुरोको दाल बंगलादेश निकासी हुँदै आएको छ । यो क्रम अहिले चीनमा देखिएको छ । नेपाली व्यवसायीले यसैगरी आफुलाई व्यापारीको रुपमा देखाउने भए । नेपालका उद्योगीले उद्योग स्थापना गरेर होइन भारतमा भन्सार दर सस्तो या महँगो हुँदा हुने मार्जिनबाट मात्रै मुनाफा लिनेमा चिनिन्छन् । चामलको श्रृंखला त्यसैको हो । चालू आर्थिक वर्षको ६ महिनामा भारतबाट कृषिजन्य वस्तुको आयात व्यापक बढेको छ । यस अवधिमा चामल, तरकारी र फलफूल आयात बढेको हो ।

‘स्टन्ट’मै विताए भट्टराईले अठार महिना

काठमाडौं– प्रधानमन्त्रीको कुर्सीमा १८ महिना चुइँकिएर एकीकृत माओवादी उपाध्यक्ष बाबुराम सरकारी निवास बालुवाटारबाट वाहिरिँदैछन् । कार्यकालको अधिकांश समय राजनीतिक चाँजोपाँजो मिलाउनै खर्चेका यी नेताले केही आर्थिक कार्य पनि अगाडि बढाए, तर उनले अर्थतन्त्रमा उत्साह सिर्जना गर्न भने सकेनन् । निजी क्षेत्रले उनको कार्यकालमा आफूलाई सुरक्षित महसुस गर्न पाएन ।एकीकृत माओवादीलाई विदेशी लगानी भिœयाउन आतुर रहेको सन्देश दिन भने सफल भए भट्टराई । पूर्ण बजेट ल्याउन विफल हुँदा अर्थतन्त्र चलायमान बनाउन उनी पूरै असफल देखिए जसले आर्थिक वृद्धिदर खुम्चियो । दसवर्षे जनयुद्धभर स्वदेशी पुँजी परिचालन गरेर विकास गर्ने बताउँदै आएको माओवादी धारणालाई बाबुराम सरकारमा उक्लिएपछि विकासका लागि विदेशी लगानी आवश्यक रहेको प्रस्ट्याउन भने उनी सफल भए । क्रान्तिको समयमा स्वदेशी पुँजीबाट मात्रै मुलुकको औद्योगिकीकरण सम्भव हुने दाबी गरिरहेको माओवादीलाई विदेशी पुँजीबिना ठूला लगानी सफल बनाउन नसकिने दृष्टिकोणमा उनले सहमत बनाए ।

Sunday, February 17, 2013

लघुवित्तमा अस्वस्थ प्रतिस्पर्धा

काठमाडौ– लघुवित्त संस्थामा देखिएका अस्वस्थ प्रतिस्पर्धा रोक्न आचारसंहिता निर्माण गरेर कार्यान्वयनमा ल्याउने घोषणापत्र जारी गर्दै लघुवित्त सम्मेलन सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनमा लघुवित्त संस्थाबीच देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्ने आवाज उठेपछि आचारसंहिता बनाएर कार्यान्वयनमा ल्याउने सहमति भएको हो ।‘विभिन्न सरोकारवाला निकायसँगको वृहत् छलफलपछि लघुवित्त संस्था सञ्चालनका लागि उपयुक्त आचारसंहिता निर्माण गरी यसलाई उच्च व्यावसायिक रूपमा अगाडि बढाउन अनुरोध गर्छौं,’ घोषणापत्रमा छ, ‘ग्राहक अधिकार सुनिश्चित गर्दै सामाजिक रूपमा प्रतिपादित सिद्धान्त आत्मसात गर्न आवश्यक छ ।’