काठमाडौं –अहिलेसम्मकै महँगो भएको ब्रोइलर कुखुराको मासुको भाउ नबढ्ने भएको छ । गर्मी सुरु भएसँगै कुखुरा उत्पादनसमेत बढ्न थालेकाले मूल्य नबढ्ने व्यवसायीले बताएका छन् । अहिले उपत्यकामा कुखुराको मूल्य ३ सय १५ रुपैयाँ किलो छ । किसानले जिउँदो कुखुराको २ सय २० रुपैयाँ पाउँछन् भने उपभोक्ताले किन्दा २ सय ३० रुपैयाँ पर्छ । ‘ब्रोइलर कुखुराको मूल्य अब योभन्दा माथि जाँदैन । बरु आठ÷ दस दिनमा यसको मासुको मूल्य घट्न थाल्छ,’ नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष एंव आशापुरी ह्याचरीका सञ्चालक नारायणहरि खत्रीले भने, ‘जाडोमा कुखुराको उत्पादन कम भएकाले मूल्य बढेको हो ।’ उनका अनुसार यसपालि जाडो बढी भएकाले धेरै किसानले कुखुरा नै कम पालेका थिए ।
Saturday, March 2, 2013
भारतले दिन थाल्यो तेल
आयल निगमले बक्यौता रकम तिर्ने
प्रतिबद्धता जनाएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)ले तेल कटौती गर्न छाडेको
छ। आइओसीले पूर्ववत रुपमा तेल दिन थालेको निगमले जनाएको छ। इन्डियन
आयल कर्पोरेसन(आइओसी)ले झन्डै डेढ अर्ब रुपैयाँ उधारो पुगेपछि चार
दिनअघिदेखि नेपालमा पेट्रोलियम पदार्थ कटौती गरेको थियो।
'आइओसीले पूर्ववत रुपमा तेल आपूर्ति गर्न थालेको छ। हामीले बक्यौता रकम
तिर्ने प्रतिबद्धता जनाएपछि पूर्ववत रुपमा तेल दिन थालेको हो,' निगमका
प्रवक्ता शिवप्रसाद पुडासैनीले भने, 'उपभोक्ता आतिर्नुपर्दैन।
Tuesday, February 26, 2013
भारतले किन काट्यो तेल ?
इन्डियन आयल कर्पोरेसन(आइओसी)ले झन्डै
डेढ अर्ब रुपैयाँ उधारो पुगेपछि नेपालमा पेट्रोलियम पदार्थ कटौती गरेको छ।
पछिल्लो केही महिनादेखिको रकम खापिएर डेढ अर्ब पुगेपछि आइओसीले सोमबारदेखि
सबै पेट्रोलियम पदार्थ २५ प्रतिशत कटौती गरेको हो। स्रोतका अनुसार अहिलेको
पेट्रोलियम कटौती 'रणनीतिक' मात्रै हो।'निगमले विगतमा मूल्य बढाउन आइओसीलाई नै पेट्रोलियम पदार्थ कटौती
गर्न आग्रह गर्थ्यो। अहिले पनि ग्यासको दोहोरो मूल्य बढाएर सरकारले फिर्ता
गरेको छ,' स्रोतले भन्यो, 'यो रणनीतिक रुपमा दबाबका लागि यस्तो गरिएको
हुनसक्छ।' विगतमा पटक/पटक पेट्रोलियम पदार्थको अभाव सिर्जना गराएर
उपभोक्तालाई मानसिक रुपमा तेलको मूल्य बढाउन तयार गराउने परिस्थिति सिर्जना
गराइएको थियो।
Monday, February 25, 2013
मान्जा द क्लब र स्कोडा यापिड कुन किन्ने ?
दलका युवा स्वरोजगार बनाउने काईदा
काठमाडौं– युवा स्वरोजगार कोष । नाम अनुसार बेरोजगार युवालाई स्वरोजगार बनाउने हो तर यसले दलका युवा मात्रै स्वरोजगार बने त्यो पनि केही समयका लागि । पैसा पाउने दलका युवा भएपछि न रोजगार गर्नुपर्ने न रकम देखाउनुपर्ने । अहिले स्वरोजगार कोषको रकम यसरीनै खर्च भएको छ । यसलाई न अख्तियारले हेर्छ न अरु निकायनै छ । विपक्षी दलहरु केही विरोध गरेजस्तो गर्छन् अनि ठूलाबडा नेता आफ्नै कार्यकर्तालाई रकम दिलाउन आफै जान्छन् ।
Sunday, February 24, 2013
यस्तो पो ग्यास सिलिन्डर
काठमाडौं– अहिले प्रयोग भइरहेको ग्यास सिलिन्डर दुर्घटनामा परेर विस्फोट भए कति क्षति होला ? एउटा सिलिन्डर विस्फोट हुँदा राम्रोसँग बनाएको(आरसीसी) भएको घरनै भत्किनसक्छ । ग्यास सिलिन्डर बमको रुपमा लिइन्छ । अहिले प्रयोग भएको सिलिन्डर फलामको हो । धेरै क्षति हुने भएकोले विकसित मुलुकले फलामे सिलिन्डर प्रयोगमा ल्याउन छाडेका छन् । अहिले विकसित मुलुकमा फाइबर(कम क्षति) हुने सिलिन्डरको प्रयोग गर्छन् । तर हामी भने घरनै भत्काउने सिलिन्डर प्रयोग गरिरहेका छौ । तर नेपालमा पनि अब फाइबर सिलिन्डरमा ग्यास ल्याउन बाटो खुल्ला भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले फाइबर सिलिन्डरको गुणस्तर मापदण्ड तयार गरेपछि अब कुनै पनि कम्पनीलाई फाइबर सिलिन्डर बजार ल्याउन खुला भएको हो ।
Saturday, February 23, 2013
मुख्यसचिवको आडमा दश महिना केही नगरी विताए यीनले
काठमाडौं– राजनीतिक दबाबमा ग्यास कार्ड वितरणको जिम्मा पाएको ग्यास बिक्रेता महासंघ कार्ड बाँड्न असफल भएको छ । तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको दबाबमा महासंघले कार्ड वितरण गर्ने जिम्मा पाएको थियो । यो जिम्मा पाउँदा महासंघको कुनै हैसियत थिएन र अहिलेसम्म बनाउन सकेको पनि छैन । पुतलीसडकको दुईवटा कोठामा सिमित रहेको यो महासंघले देशव्यापी रुपमा कार्ड वितरणको जिम्मा दिनुनै गलत थियो । प्राविधिक र पूर्वाधारको रुपमा महासंघको कुनै हैसियत पनि छैन । ग्यासमा अनुदान दिनेजस्तो दीर्घकालिन महत्व राख्ने निर्णयमा कानुनी, प्राविधिक र पूर्वाधार नभएको संस्थालाई जिम्मा दिएकै कारण सरकारले केही दिन अघि लागु गरेको दोहोरो मूल्य फिर्ता लिनुपर्ने अवस्था आएको थियो ।
Subscribe to:
Posts (Atom)





