काठमाडौं– हेर्दा साइकल जस्तो । तर यो साइकल नभएर मोटरसाइकल हो । त्यो पनि जर्मनीमा बनेको । यो मोटरसाइकल नेपाल आउँदैछ । युवापुस्ताको रुचीलाई हेरेर यो मोटरसाइकल साःख ग्रुपले ल्याउँदैछ । स्टाइलिस यो मोटरसाइकलमा युवापुस्ताको चासो बढेको छ । जर्मनी मोटरसाइकल साच्स म्याडएस बुधबार नेपाल भित्रिने भएको छ । आधिकारिक बिक्रेता इको अटोले बुधबार नेपाली बजारमा यो मोटरसाइकल भिœयाउनेछ भने मार्चबाट मात्रै बिक्री सुरु हुनेछ । इको अटो साःख ग्रुप अन्तर्गतको कम्पनी हो । म्याड्स विश्वकै पुरानो मोटरसाइकल उत्पादक कम्पनी जर्मन अटोमेटिभ कम्पनीले उत्पादन गर्दै आएको छ ।‘बुधबारसम्म यो मोटरसाइकल नेपाल आउनेछ ।
Saturday, February 23, 2013
साढे चार अर्बको चामल कता जान्छ ?
काठमाडौं– झन्डै साढे सात लाख खाद्यान्न बचत छ । यतिधेरै खाद्यान्न बचत भएपनि चामलको आयात भने आश्चर्यजनक रुपमा बढेको छ । ६ महिनाको अवधिमा चामलको आयात ४ अर्ब १९ करोड रुपैयाँको भएको छ । यतिधेरै चामल आयात भएर कहाँ जान्छ ? स्रोतका अनुसार भारतबाट आएको चामल चीनतर्फ जान्छ । रातीको समयमा सिन्धुपाल्चोकको बाटो हुँदै चामल चीनको स्वशासित तिब्बतमा जान्छ । विगतदेखि भारतबाट आएको मुसुरोको दाल बंगलादेश निकासी हुँदै आएको छ । यो क्रम अहिले चीनमा देखिएको छ । नेपाली व्यवसायीले यसैगरी आफुलाई व्यापारीको रुपमा देखाउने भए । नेपालका उद्योगीले उद्योग स्थापना गरेर होइन भारतमा भन्सार दर सस्तो या महँगो हुँदा हुने मार्जिनबाट मात्रै मुनाफा लिनेमा चिनिन्छन् । चामलको श्रृंखला त्यसैको हो । चालू आर्थिक वर्षको ६ महिनामा भारतबाट कृषिजन्य वस्तुको आयात व्यापक बढेको छ । यस अवधिमा चामल, तरकारी र फलफूल आयात बढेको हो ।
‘स्टन्ट’मै विताए भट्टराईले अठार महिना
काठमाडौं– प्रधानमन्त्रीको कुर्सीमा १८ महिना चुइँकिएर एकीकृत माओवादी उपाध्यक्ष बाबुराम सरकारी निवास बालुवाटारबाट वाहिरिँदैछन् । कार्यकालको अधिकांश समय राजनीतिक चाँजोपाँजो मिलाउनै खर्चेका यी नेताले केही आर्थिक कार्य पनि अगाडि बढाए, तर उनले अर्थतन्त्रमा उत्साह सिर्जना गर्न भने सकेनन् । निजी क्षेत्रले उनको कार्यकालमा आफूलाई सुरक्षित महसुस गर्न पाएन ।एकीकृत माओवादीलाई विदेशी लगानी भिœयाउन आतुर रहेको सन्देश दिन भने सफल भए भट्टराई । पूर्ण बजेट ल्याउन विफल हुँदा अर्थतन्त्र चलायमान बनाउन उनी पूरै असफल देखिए जसले आर्थिक वृद्धिदर खुम्चियो । दसवर्षे जनयुद्धभर स्वदेशी पुँजी परिचालन गरेर विकास गर्ने बताउँदै आएको माओवादी धारणालाई बाबुराम सरकारमा उक्लिएपछि विकासका लागि विदेशी लगानी आवश्यक रहेको प्रस्ट्याउन भने उनी सफल भए । क्रान्तिको समयमा स्वदेशी पुँजीबाट मात्रै मुलुकको औद्योगिकीकरण सम्भव हुने दाबी गरिरहेको माओवादीलाई विदेशी पुँजीबिना ठूला लगानी सफल बनाउन नसकिने दृष्टिकोणमा उनले सहमत बनाए ।
Sunday, February 17, 2013
लघुवित्तमा अस्वस्थ प्रतिस्पर्धा
काठमाडौ– लघुवित्त संस्थामा देखिएका अस्वस्थ प्रतिस्पर्धा रोक्न आचारसंहिता निर्माण गरेर कार्यान्वयनमा ल्याउने घोषणापत्र जारी गर्दै लघुवित्त सम्मेलन सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनमा लघुवित्त संस्थाबीच देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्ने आवाज उठेपछि आचारसंहिता बनाएर कार्यान्वयनमा ल्याउने सहमति भएको हो ।‘विभिन्न सरोकारवाला निकायसँगको वृहत् छलफलपछि लघुवित्त संस्था सञ्चालनका लागि उपयुक्त आचारसंहिता निर्माण गरी यसलाई उच्च व्यावसायिक रूपमा अगाडि बढाउन अनुरोध गर्छौं,’ घोषणापत्रमा छ, ‘ग्राहक अधिकार सुनिश्चित गर्दै सामाजिक रूपमा प्रतिपादित सिद्धान्त आत्मसात गर्न आवश्यक छ ।’
Saturday, February 16, 2013
बंगलादेशसँग वाणिज्य वार्ता
नेपालका १ सय कृषि वस्तुलाई भन्सार नलिने सुविधासहित द्विपक्षीय व्यापारिक मुद्दालाई अन्तिम रूप दिन आइतबार नेपाल–बंगलादेश वाणिज्य वार्ता ढाकामा सुरु हुने भएको छ । दुई देशबीचको सहसचिव स्तरीय बैठकले सात महिनाअघि भएको सम्झौतालाई अन्तिम रूप दिनेछ । बैठक गत सेप्टेम्बरमा हुने सहमति भए पनि यहाँको राजनीतिक अस्थिरता र बंगलादेशमा वाणिज्य सचिवको सरुवाका कारण हुन सकेको थिएन ।बंगलादेशका वाणिज्य सचिव मोहम्मद गुलाम हुसेनको सरुवा भएकाले बैठक पर सरेको थियो भने नेपालमा राजनीतिक स्थिरताले समयको टुंगो लगाउन सकिएको थिएन । सात महिनाअघि बंगलादेशले नेपालका १ सय कृषि वस्तुलाई भन्साररहित सुविधा दिने सम्झौता भएको थियो । वार्ताका लागि नेपालका तर्फबाट वाणिज्य सहसचिव ङइन्द्रप्रसाद उपाध्याय शनिबार ढाका गएका छन् । अहिले नेपाली वस्तु बंगलादेश निकासी हुँदा ३० प्रतिशतभन्दा बढी भन्सार तिरिरहनुपरेको छ ।
किन फिर्ता भयो ग्यासको मूल्य
ग्यासको दुईथरी मूल्य कार्यान्वयन गर्ने सरकारी निर्णय १७ घन्टा नबित्दै फिर्ता भएको छ ।
देशव्यापी विरोधपछि घरायसी उपभोक्तालाई अनुदान दिने र व्यावसायिक प्रयोगमा परल मूल्यमा ग्यास बिक्री गर्ने मंगलबार साँझको आफ्नै निर्णय सरकारले ‘हचुवा’ भन्दै बुधबार दिउँसो फिर्ता लिएको हो ।
बिहानैबाट निर्णयविरुद्ध देशभर प्रदर्शन चर्केपछि प्रधानमन्त्री बाबुराम भट्टराईले निर्णय फिर्ता लिने ‘ट्विट’ गरेका थिए । प्रदर्शनकारीले त्यसलाई नपत्याएपछि दिउँसो निगम सञ्चालक समितिले निर्णय उल्ट्याएको थियो ।निगमको घाटापूर्ति गर्न परल मूल्यमा बिक्री थाल्ने, उपभोक्तालाई अनुदान दिने निर्णय नकारात्मक थिएन । अनुदान पाउने सुनिश्चित हुँदा उपभोक्ता विरोधमा उत्रँदैनथे । पूर्वाधारबिना हतारमा गरिने निर्णयको कस्तो परिणाम देखिन्छ भन्ने उदाहरण यो प्रकरणले देखाएको छ ।अर्कोतिर यो घटनाले एक वर्षदेखि सरकारले ग्यास क्षेत्रमा थालेको सुधार योजना असफल बनेको छ ।
देशव्यापी विरोधपछि घरायसी उपभोक्तालाई अनुदान दिने र व्यावसायिक प्रयोगमा परल मूल्यमा ग्यास बिक्री गर्ने मंगलबार साँझको आफ्नै निर्णय सरकारले ‘हचुवा’ भन्दै बुधबार दिउँसो फिर्ता लिएको हो ।
बिहानैबाट निर्णयविरुद्ध देशभर प्रदर्शन चर्केपछि प्रधानमन्त्री बाबुराम भट्टराईले निर्णय फिर्ता लिने ‘ट्विट’ गरेका थिए । प्रदर्शनकारीले त्यसलाई नपत्याएपछि दिउँसो निगम सञ्चालक समितिले निर्णय उल्ट्याएको थियो ।निगमको घाटापूर्ति गर्न परल मूल्यमा बिक्री थाल्ने, उपभोक्तालाई अनुदान दिने निर्णय नकारात्मक थिएन । अनुदान पाउने सुनिश्चित हुँदा उपभोक्ता विरोधमा उत्रँदैनथे । पूर्वाधारबिना हतारमा गरिने निर्णयको कस्तो परिणाम देखिन्छ भन्ने उदाहरण यो प्रकरणले देखाएको छ ।अर्कोतिर यो घटनाले एक वर्षदेखि सरकारले ग्यास क्षेत्रमा थालेको सुधार योजना असफल बनेको छ ।
Wednesday, February 6, 2013
घरायसी उपभोक्ताले एक सिलिन्डर ग्यास अहिलेकै मूल्यमा
काठमाडौं–सरकारले घरायसी प्रयोजनका ग्यास उपभोक्तालाई फागुनदेखि अनुदान दिने भएको छ । एक परिवारले मासिक एक सिलिन्डर ग्यास अहिलेकै मूल्यमा पाउनेछन् भने व्यवसायिक प्रयोजन(होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायत)ले भने परलमूल्य तिर्नुपर्नेछ । घरायसी र व्यवसायिक दुबैले परल मूल्यमा ग्यास किन्नुपर्नेछ । निगमले अहिले १४ सय ७० रुपैयाँमा ग्यास बिक्री गरिरहेको छ । यसमा निगमलाई ५ सय ८७ रुपैयाँ घाटा छ । यो जोडेर एक सिलिन्डर ग्यासको मूल्य २ हजार ५७ रुपैयाँमा घरायसी उपभोक्ताले किन्नुपर्नेछ । घरायसी उपभोक्ताले ५ सय ८७ रुपैयाँ भने पछि फिर्ता पाउनेछन् । अन्तर्राष्ट्रिय बजारमा हुने ग्यासमा हुने घटबढका आधारमा अनुदानको रकम घटबढ हुनेछ । व्यवसायिक उपभोक्ताले भने अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने मूल्यको आधारमा ग्यास किन्नुपर्नेछ । घरायसी प्रयोगका उपभोक्ताले अहिलेकै मूल्यमा ग्यास पाउन भने ग्यास कार्ड लिनुपर्नेछ । एक परिवारले एउटा मात्रै कार्ड पाउनेछन् । कार्ड लिएका उपभोक्ताले ग्यास खरीद गर्दा बिल अनिवार्य लिनुपर्नेछ । ग्यास खरीदको बिल बुझाएपछि उपभोक्ताले तोकिएको मूल्य भन्दा बढीको रकम फिर्ता पाउनेछन् । उपभोक्ताले ग्यास बिक्रेताबाट कार्ड सहजै पाउन सक्छन् ।
Subscribe to:
Posts (Atom)




