Wednesday, September 12, 2012

देशको पैसा वार्षिक १९ अर्ब रुपैयाँ यसरी जान्छ विदेश

वैदेशिक रोजगारीको कोटा ल्याउन व्यवसायीले दिने भिसा र कमिसनका लागि वार्षिक सवा १९ अर्ब रुपैयाँ हुन्डीमार्फत विदेशिने गरेको छ । व्यवसायीहरुका अनुसार मलेसिया र खाडी मुलुकबाट रोजगारीको कोटा ल्याउन र स्थानीय एजेन्टलाई कमिसन दिन प्रतिव्यक्ति औसतमा ५० हजार रुपैयाँ हुन्डीमार्फत पठाउने गरिन्छ । यो रकम भिसा र कमिसनवापतको हो । गत वर्ष ३ लाख ८४ हजार ५ सयजना नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । यसअनुसार भिसा र कमिसनका लागि व्यवसायीले १९ अर्ब २२ हजार रुपैयाँ पठाएको देखिन्छ । व्यवसायीका अनुसार तल्लो वर्गका कामदारको कोटा ल्याउन ४० हजार र केही दक्ष जनशक्तिका लागि ७० हजार रुपैयाँसम्म कमिसन दिएर भिसा ल्याउने गरिएको छ । व्यवसायीहरु यस्तो व्यवसायका लागि मुलुकमा  वैधानिक बाटो नभएकाले बाध्य भएर अवैध बाटो समात्नुपरेको बताउँछन् ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गत वर्ष नै वैधानिक बाटोबाट रकम पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेको थियो ।

भारतको नक्कल, गरिबलाई परिचयपत्र दिने रे

काठमाडौ, भदौ २६ –भारतका कुनै समय गरिब हटाउ कार्यक्रम थियो । चालिस वर्षपछि त्यही अध्ययन गरेर आएका प्रधानमन्त्री बाबुराम भट्टराईले गरिबलाई परिचयपत्र दिने नयाँ योजना ल्याएका छन् । यो नक्कलको काम सुरु भइसकेको छ । तर यसले प्रतिफल दिने÷ नदिने अहिले भन्न सकिदैन । गरिबी हटाउन राहत प्याकेज दिएर हुँदैन उनीहरुलाई रोजगारी दिएर आत्मनिर्भर बनाउनुपर्छ । अनुदान, सहुलियत लगायतका कार्यक्रमले उनीहरुलाई झन् परनिर्भर बनाउँदै लान्छ । त्यो नभएको भए पहाडी जिल्लामा खाद्यान्न सहुलियतमा दिँदा दिँदै त्यहाँका जनताले आफ्ना उत्पादन लगाउनै छाडेर चामलको लागि धाउँदै हिडेका छन् । यसले झन् उनीहरुलाई परनिर्भर बनाइरहेको छ ।

Tuesday, September 11, 2012

व्यवसायीको खुलमखुल्ला लुट, सरकार मुकदर्शक

काठमाडौ, भदौं २५ –नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले देशभरका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर बिक्री गर्न निर्देशन दिएको छ । एसोसिएसनको निर्देशनपछि व्यवसायीले ५० पैसादेखि एक रुपैयाँसम्म मूल्य बढाएर तेल बेचिरहेका छन् । आयल निगमले एक साताअघि सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको दिनमै एसोसिएसनले आफूखुसी मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । 
एसोसिएसनको निर्देशनपछि व्यवसायीले भैरहवा, बुटवल र दाङमा  प्रतिलिटर एक रुपैयाँ थपेर पेट्रोलियम पदार्थ बेचेका छन् । यस्तै नेपालगन्जमा ७५ पैसा र वीरगन्ज र अमलेखगन्ज क्षेत्रमा २५ पैसा बढाएर बिक्री गरिएको छ । विराटनगर, पोखरा, धनगढीलगायत क्षेत्रमा प्रतिलिटर पेट्रोलियम पदार्थ बेच्दा ५० पैसा जोडेर लिने गरिएको छ । काठमाडौं उपत्यकामैै प्रतिलिटर २५ पैसा थप लिइएको छ ।

Monday, September 10, 2012

आयल निगमभित्रको भद्धा राजनीति

काठमाडौ –आयल निगमभित्रको कर्मचारी राजनीति नेपाली राजनीतिकै पटाक्षेप  भएको छ भन्दा फरक नपर्ला। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले निगम लगातार घाटामा छ । मक्किदै गएको निगमलाई थप धरासायी बनाउने काम भने त्यहीका कर्मचारीले गरिरहेका छन् ।निगम यस्तो संस्था बनेको छ जसमा कार्यकारी निर्देशकदेखि निर्देशकसम्म खुट्टा तान्न मात्रै लागिरहेका छन् । कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालनै राजनीतिका पहिलो पात्र हुन् । उनी कामु कार्यकारी निर्देशक भएदेखिनै निगमका कुनै कर्मचारीसँग विश्वासमा लिन सकेका छैनन् । उनी आफै निगम र तेल बजारको बारेमा कुनै ज्ञान छैन ।

Sunday, September 9, 2012

यसरी बन्दैछ एउटा मात्रै ट्रेड युनियन

काठमाडौ, भदौ २५–सरकारले आगामी मंसिरसम्म चुनाव गराएर आधिकारिक टे्ड युनियन गठन गर्न चासो दिएका बेला मजदुर संगठनहरु पनि यसमा सकारात्मक देखिएका छन्।
उद्योग व्यवसायमा राजनीतिक दलसम्बद्ध युनियनका कारण समस्या उत्पन्न भएको उद्योगी व्यापारीले गुनासो गरे पछि सरकारले आधिकारिक टे्रड युनियनको चुनाव गराउने तयारी गर्दैछ। यही बेला मजदुर संगठनहरुले पनि औद्योगिक क्षेत्र र आफ्ना समस्या समाधान गर्न आधिकारिक टे्रड युनियनको आवश्यकता देख्दै गठनमा सकारात्मक भएका हुन्। 'एकल ट्रेड युनियन बनाउन तीन ट्रेड युनियन सकारात्मक छन्,' नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले भने, 'एकल ट्रेड युनियन कसरी बनाउने भन्ने मोडालिटीबारे हामीबीच छलफल पनि सुरु भएको छ।'

व्यवसायीले व्यवसायीकै निर्णय नमानेपछि.......

काठमाडौ–सरकारले तोकेको मूल्यमा २५ पैसा थपेर तेल बिक्री गर्न नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले गरेको निर्णय व्यवसायीले नमान्ने भएका छन् । आयल निगमले सोमबार मूल्यवृद्धि गरेपछि एसोसिएसनले सबै पेट्रोलियम पदार्थमा २५ पैसा थप्ने निर्णय गरेको थियो । यो निर्णय उपत्यकाका २० प्रतिशत पम्पले मात्रै लागु गरेका छन् । ८० प्रतिशत पम्पले एसोसिएसनको निर्णय अवैधानिक भन्दै कार्यान्वयन गरेका छैनन् ।
‘निगमले तोकेभन्दा बढी रकम लिएर बेच्नु गैरकानुनी हो,’ एसोसिएसनका पूर्व उपाध्यक्ष एंव जोरपाटी जुबी आयल स्टोर्सका सञ्चालक ध्रुव श्रेष्ठले भने, ‘यो निर्णयले व्यवसायीलाई झन् आलोचित बनाउँछ ।’

सुनको किन भइरहेको छ अभाव ?

काठमाडौ –सुनको भाउ दैनिक रुपमा बढ्दै छ । सुनको भाउ आइतबार अहिलसम्मकै उच्च विन्दु एक तोलाको ६१ हजार १ सय कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार नहुने दिन हाम्रो मुलुकमा भने सुनको मूल्य अहिलेसम्मकै उचाईमा पुगेको छ । सुनको भाउ यसरी बढेको छ की बजारमा गएर किन्न सकिने अवस्था छैन । तर सुनको पसलमा किन्ने मान्छेको भीड घटेको छैन । न्युरोड लगायतका सुनपसलमा किन्नेको भीडभाडनै छ । गहना बनाउने मात्रै होइन सुनको ढिक्कै किन्ने पनि बढेका छन् । तर ढिक्कै सुन किन्न पाउने अवस्था पनि छैन । शुक्रवारको मात्रै कुरा गर्ने हो भने नेपाल सुनचाँदी व्यवसायी संघले सुनको मूल्य एक तोलाको ६० हजार तोेकेको थियो तर गहना व्यवसायीले ६० हजार ८ सयमा किन्नु परेको थियो ।