काठमाडौ –खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले एउटा जुक्ति जुरायो । अतिआवश्यकीय वस्तुको अधिकतम मूल्य(एमआरपी) तोक्ने । वाणिज्य तथा आपूर्ति मन्त्रालयले अतिआवश्यकीय वस्तुको मूल्य पनि तोक्यो । यसले मूल्य घट्ने नघट्ने थाहा छैन । तर यो अधिकतम मूल्य तोक्ने निर्णयले सबैभन्दा ठूलो टाउको दुखाई उद्योगमन्त्री अनिलकुमार झालाई भएको रहेछ । उनले अधिकतम मूल्यवृद्धि गरेर मूल्य नघट्ने भन्दै वाणिज्य सचिव लालमणी जोशीको आलोचना गरिरहेका छन् । उनले व्यवसायीसँगको भेटमा ‘त्यो लाले’ एमआरपी तोकेर हुन्छ भनेर पठाउने गरेका छन् ।
Saturday, September 8, 2012
Thursday, September 6, 2012
सरकारकै निकाय कालोबजारीको पक्षपोषणमा
काठमाडौ
एकातर्फ सरकार अतिआवश्यकीय वस्तुको कालोबजारी भएको भन्दै अधिकतम मूल्य तोक्छ अर्कोतर्फ भने सरकारी स्वामित्वको आयल निगम आफैले तोकेको मूल्य भन्दा बढी रकम लिएर तेल बिक्री गर्दा पनि मौन समर्थन गर्छ । सरकारको यही द्धैध चरित्रका कारण उपभोक्ता चर्को मूल्यवृद्धिको भार बेहोर्नुपरेको छ । निगमले चार दिन अघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै तेलको मूल्य बढायो । यो मूल्य बढाउनु स्वभाविक थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको १ सय १५ अमेरिकी डलर छ । यसले निगमको घाटा १ अर्ब १७ करोड थियो । घाटा भएपछि मूल्य बढाउनु स्वभाविक मानेपनि निगमले
आफैले तोकेको मूल्यमा थप रकम लिनु भनेको नाजायज हो ।
कसले हेर्छ जमलको यस्तो दुर्दशा ?
काठमाडौ –राजधानीको जमल । यो चर्चित नाम हो । रानीपोखरी, विश्वज्योति हल, नेपाल सांस्कृतिक संस्थान लगायतका चर्चित स्थानसँग जोडिएको जमल भने पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । एक झर पानी पर्नेवितिकै यो जलमग्न हुन्छ । यात्रुहरुको विजोग हुन्छ । तर वर्षातमा सबैले दुःख पाउने यो जमलको पानी जम्ने समस्या कहिल्यै समाधान हुँदैन । जब पानी पर्छ अनि फोटो पत्रकारको पहिलो आर्कषण यही हुन्छ ।
पानी परेको भोलिपल्ट सामाचारका पृष्ठमा जमलमा पानी भरिएको तस्विर छापिन्छ । तर यो पानी किन भरिन्छ ? यसको समाधान के हो भनेर कहिल्यै आउँदै ? राज्यका निकायहरुले पनि जमलमा पानी भरिने समस्यालाई ठूला मानेका छैनन् ।
पानी परेको भोलिपल्ट सामाचारका पृष्ठमा जमलमा पानी भरिएको तस्विर छापिन्छ । तर यो पानी किन भरिन्छ ? यसको समाधान के हो भनेर कहिल्यै आउँदै ? राज्यका निकायहरुले पनि जमलमा पानी भरिने समस्यालाई ठूला मानेका छैनन् ।
विपक्षी दलको अड्डीले विकासमा ब्रेक लाग्यो
काठमाडौ –विपक्षी दलको अड्डीले पूर्ण बजेट आउन सकेन् । पूर्ण बजेट नआएर एक तृतियांश बजेट आयो तर राजनीतिक मुद्धा केही पनि सल्टिएको छैन । विपक्षी दलले पूर्ण बजेट आउन नदिएर राजनीतिक जीत पाउन त सफल भए तर विकासलाई भने ब्रेक लगाउने काम गरे । एक तृतियांश बजेटले नयाँ आयोजना आउन सकेनन् वहुवर्षिय र राष्ट्रिय गौरबका आयोजना समेत प्रभावित भएको छ । सरकारका अधिकारीहरुले भलै राष्ट्रिय गौरबका आयोजनालाई कुनै प्रभाव नपार्ने दावी गरेका छन् । तर अहिलेसम्मको प्रगति हेर्दा यी आयोजना पनि प्रभावित भइसकेका छन् । कर्मचारीले सानो रकमका लागि आँखा लगाउने कुरैपनि भएन ।
वार्षिक बजेट नआएपछि कर्मचारीहरुले पनि विकास आयोजनाका कार्यक्रम स्विकृतीका लागि ढिलाई गरेका छन् । अर्थमन्त्रालयले साउन १५ गतेभित्रै कार्यक्रम स्विकृत गर्न निर्देशन दिएपनि आयोजना प्रमुखहरुले ढिला गरेका छन् ।
Wednesday, September 5, 2012
मुख्यसचिवको गर्जनले सुध्रेला त टेलिकम ?
काठमाडौं –नेपाल टेलिकमको सेवाले सबैलाई रुवाएको छ । फोन ग¥र्यो एकैछिनमा हावाहुरी आए जस्तो हुने र काट्नुपर्ने बाध्यता । पहिला यसलाई दुरसञ्चार भनिन्थ्यो अहिले सरकारको सेयर स्वामित्व सर्वसाधारणमा ल्याएपछि टेलिकम भनिन थालियो ।तर सेवामा भने कुनै सुधार आएको छैन । टेलिकमको मोबाइलको गुणस्तर सुधारका लागि धेरै पटक निर्देशनहरु पनि गएका छन् । तर टेलिकमको गुणस्तर जस्ताको तस्तै छ ।
Tuesday, September 4, 2012
सुनले बनायो व्यापारीलाई मालामाल
काठमाडौ
सुनको मूल्य बढेर मंगलबार प्रतितोला ६० हजार पुगेको छ । दुई सातामा सुनको मूल्य एकतोलाको २३ सय रुपैयाँ बढेको छ । यो आधारमा सुनको मूल्य साताकै एक हजारको दरले बढेको छ ।सातामै एक हजार बढ्ने भएपछि लगानीकर्ता ओइरिनु स्वभाविक हो । सुनचाँदीमा व्यवसायमा रहेका व्यापारीहरुलाई पनि राम्रै भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यहाँका सुन व्यापारी मालामाल भएका छन् ।
सुनको मूल्य बढेर मंगलबार प्रतितोला ६० हजार पुगेको छ । दुई सातामा सुनको मूल्य एकतोलाको २३ सय रुपैयाँ बढेको छ । यो आधारमा सुनको मूल्य साताकै एक हजारको दरले बढेको छ ।सातामै एक हजार बढ्ने भएपछि लगानीकर्ता ओइरिनु स्वभाविक हो । सुनचाँदीमा व्यवसायमा रहेका व्यापारीहरुलाई पनि राम्रै भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यहाँका सुन व्यापारी मालामाल भएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको बढ्यै, सरकार, आयल निगम र उपभोक्ताको टाउको दुखाई
काठमाडौ
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । सोमबारको तुलनामा मंगलबार कच्चा तेल एक ब्यारलमा ६७ सेन्ट बढेर १ सय १६ डलर २९ सेन्ट कायम भएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य बढेको भन्दै हिजैदेखि लागु हुने गरी तेलको मूल्य बढायो । मूल्य बढाउँदा पनि निगमको घाटा ७३ करोड बाँकी नै छ । मूल्यवृद्धिको विरोधमा विपक्षी दलका विद्यार्थी नेताहरुले आन्दोलन गरिरहेका छन् । मूल्यवृद्धि फिर्ता नभएमा आन्दोलन सशक्त बनाउने उनीहरुले घोषणा गरिसकेका छन् ।
Subscribe to:
Posts (Atom)





